गत शनिबार हङकङको ब्लु ओसन रेस्टुरेन्टको हलमा आयोजना भएको ‘ज्योती साङ्गीतिक साँझ हङकङ’ गायिका ज्योति मगरले विभिन्न गीत गाएर मनोरञ्जन प्रदान गरिन् ।

ज्योतीले ‘जिम्बाल बाउ कि छोरी, उहीँ मुलाको सिन्की, पिरतीमा दम छलगायतका आफ्ना करिब १ दर्जन चर्चित गीतहरू संगै नयाँ गीत जाली रुमाल गाएर दर्शकहरूलाई आफूसँगै नचाइन् ।

कार्यक्रममा ज्योतीसँगै डान्सर सुष्मिता शाहीले नृत्य प्रस्तुत गरेकी थिइन् । काठमाडौंको जोरपाटीस्थित बालबालिका महिला तथा शिक्षा सहयोगी फाउण्डेशन नेपालको सहयोगार्थ ब्ल्याकपिग इन्टरटेनमेन्टले आयोजना गरेको कार्यक्रममा गायक राज तामाङ, गायिका हर्षित आले चङ्सुले पनि गीत गाएका थिए ।