धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राडा बलभद्रप्रसाद(वीपी) दास उपकुलपति भएको समयमा भएका अनियमितताका फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोल्न शुरु गरेको छ ।
गत विहीबार हालका उपकुलपति प्राडा राजकुमार रौनियार ८ लाख घुससहित पक्राउ परेलगतै सोमबार तत्कालिन उपकुलपति दास, ततकालिन अस्पताल निर्देशक अरविन्दकुमार सिंघा, रजिष्टार तुलबहादुर श्रेष्ठ, मेनेजर अमित श्रीवास्तव, लेखा प्रमुख दिनेशराज दाहालसहित ८ जना विरुद्ध करिव २० करोड ८ लाख भन्दा माथिको विगोसहित विशेष अदालतमा मुद्वा दायर भएको छ ।

उपकुलपति हुन ठेकेदारको लगानी
उनीहरुसँगै नामुद व्यापारी जो प्रतिष्ठानका प्रायजसो ठेक्कामा हैकम जमाएका थिए, चेतन अग्रवाल र उमेश अग्रवाल उनीहरु विरुद्धसमेत मुद्वा परेको छ । ती व्यापारीहरुले उपकुलपति हुनेलाई पैसा लगानी गरेर ठेक्का हत्याउने गरेको समेत बताइएको छ । दास उपकुलपति हुदा ४ करोड पैसा ती व्यासायीले नै जुटाएका थिए । पछि रौनियार उपकुलपति हुदा १ करोड २० लाख दिएको बताइएको छ । रौनियारसँग सेटिङ नमिले पछि अग्रवालले उपकुलपति हुदा दिएको पैसा फिर्ता लिएको कुरा बजारमा निकै चर्चासमेत चलेको थियो ।
अख्तियारले १० जना विरुद्ध मुद्वा दायर गरेको छ । अझै भ्रष्टाचारमा लिप्त कर्मचारी बाँकी नै रहेको प्रतिष्ठानका कर्मचारीहरु बताउदैं आएका छन् ।

पूर्व उपकुलपति दासको पालामा भएका अनियमिताका फेहरिस्त
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान भने अनियमितता र बेथितीको आहालमा चुलुम्मसँग डुबेको थियो । पटक पटक अख्तियारले फाइल लगे पनि आथिृक चलखेलका कारण फाइन अख्तियारमै थन्किएका थिए । अख्तियारले फाइल नखोले पछि स्वास्थय मन्त्रालय, प्रधानमन्त्री कार्यालयले पनि छानविन ग¥यो । तर त्यो छानविन पनि प्रभावकारी हुन सकेन ।
सफाइदेखि भवन निर्माण, कर्मचारी नियुक्तिलगायतका काममा दास, तथा रजिष्ट्रार तुलवहादुर श्रेष्ठ स्वयंले संलग्नता भएको भए पनि फाइल गुपचुम थिए ।
प्रतिष्ठानमा सफाइ मजदुर प्रयाप्त हुदा हुदैं आथिृक प्रलोभवनमा परेर रजिष्टार श्रेष्ठले सफाइ कम्पनी नियुत्ति गरेरका थिए । प्रतिष्ठानले स्थापनाकालदेखि नै सफाइका लागि मजदूरको व्यवस्था गरेको छ । तिनै मजदुरले वर्षौंदेखि प्रतिष्ठान मातहतका चोटा–कोठादेखि शौचालयसम्म चम्काइरहेका छन । तिनलाई नै प्रयोग गरेर सरसफाइलाई प्रभावकारी बनाउन सकिने अवस्था छ । त्यस वेला सरसफाइको टेण्डर आह्वान गरेर प्रतिष्ठानलाई थप व्यय भारे पारेका थिए । यसमा दास र रजिष्टार श्रेष्को मिलेमतोमा रजिष्टारका भाईलाई ठेक्का दिइएको थियो ।

उपकरण खरिदमा अनियमितता

प्रष्ठिानको उपकरण खरिदमा पनि आर्थिक चलखेल भएको पाइएको छ । पूर्व उपकूलपति डा।बलभद्र दासबाट जाँदाजाँदै रजिष्ट्रारको मिलेमतोमा करोडौंको उपकरण खरिद गरिएको बताइएको छ ।
यसरी खरिद गरिएका उपकरण जडानपछि मात्रै भुक्तानी दिने गरिन्छ । तर, ती उपकरणहरू जडान नै नगराई पूर्णरुपमा रजिष्ट्रार श्रेष्ठले भुक्तानी दिएको पाइएको छ । भेन्टिलेटर, अक्सिजन प्लान्टजस्ता उपकरण जडान नगरी व्यापारी अलपत्र पारेर हिँडेका थिए ।

अन्य व्यक्तिहरु पनि अख्तियारमा तानीने
८जनाको मिलेमतोमा प्रतिष्ठानमा उपकरण खरिद, एमसिएच भवन निर्माण, फार्मेसी भवन निर्माण, कर्मचारी नियुक्तिलगायत काममा ठूलो अनियमिता भएको फाइल अख्तियारमा पुगेका थिए । प्रतिष्ठानका सम्पूर्ण फाइलहरुबारे अध्ययन भइरहेको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिएका छन् । अध्ययन भइरहेकाले अन्य व्यक्तिहरु पनि तानिले सम्भावन रहेको अख्तियार श्रोतले जनाएको छ ।
रौनियार पनि उस्तै
दुई बर्ष अघि मोटो रकम बुझाएरै उपकुलपति भएका प्राडा राजकुमार रौनियारविरुद्ध पनि अख्तियारमा उतिकै मद्वा पुगेका छन् । एमआरआई मेसिन खरिद, भवन निर्माणलगायतका विषयमा अनिमितता गरेको आरोप लागेको छ । विगतमा सबै पदाधिकारीहरु मिलेर अनियमिता गर्ने गरेको देखियो तर रौनियार आए पछि हरेक काम एक्लै गर्न थाले पछि रजिष्टार, रेक्टर र पूर्व उपकुलपति दास रौनियारका विरुद्ध लागेका थिए ।

एक आफसमा मिलेर अनियमितता गर्ने वातावरण नभए पछि प्रतिष्ठान पदाधिकारीहरुमा दुई समुहमा विभाजन भएको थियो । दुर्व समुह प्रतिष्ठानको हित भन्दा पनि एकले अर्कालाई सकाउने, प्रतिष्ठानलाई संकट बनाउने र नेतृत्वलाई असक्षम बनाउने खेलहरु भइरहेका थिए । रौनियारको ८ लाख घुस काण्ड र ८ जना विरुद्ध विशेष अदालतमा मुद्वा पनि पदाधिकारी वेमेलकै परिणाम भएको यहाँकै कर्मचारी बताउछन् । रौनियार एक्लैले खायो भनेर ठेकेदार प्रयोग गरेर यहाँकै कर्मचारी पदाधिकारीहरुले फसाएको समेत चर्चा हुदैं आएको छ । रौनियारलाई सिनेटबाट हटाउदासमेत अदालतको स्टे अर्डर लिएर पुनवहाली भए पछि उसलाई हटाउन अन्तिम अस्त्र प्रयोग गरिएको बताइएको छ ।

६ जना स्वतः निलम्बनमा
भ्रष्टाचारको आरोपमा अभियोग पत्र दायर भएका १० मध्य ६ जना हाल प्रतिष्ठानमै विभिन्न पदमा कार्यरत छन् । दास उपकुलपतिको पदावधी सकिए पछि फर्माकोलाजी विभागका प्राध्यापक रहि काम गदैं आएका थिए । अस्पताल निर्देशक सिंघा प्याथाेलोजीका प्राध्यापक हुन । रजिष्टार श्रेष्ठ हाल पनि रजिष्टारको रुपमा कार्यरत छन् । उनको आगामी भदौंमा पदावधी सकिदैंछ । अमित श्रीवास्ताव डेपुटी रजिष्टार छन् । दिनेराज दाहाल हाल पनि आर्थिक महाशाखा प्रमुख छन् । उनीहरु विशेष अदालतको मुद्वा किनारा नलागुञ्जेल स्वतः निलम्बनमा पर्ने अख्तियारका प्रवत्ता प्रदिपकुमार कोइरालाले जानकारी दिए ।
‘हाम्रो कानुनमा कुनै पनि व्यक्तिको विरुद्ध मुद्वा दायर भए पछि सार्वजनिक पद स्वतः निलम्बन हुन्छ । आयोगले स्वास्थ्य मन्त्रलाय मार्फत पत्र पठाउछ । आज पत्र गइसकेको छ ।’–प्रवत्ता कोइलाराले भने ।

लामो अनुसन्धान पछि ८ जनामाथि मुद्वा दायर
प्रवत्ता कोइरालाका अनुसार अख्तियारले मिहिन अध्ययन गरे पछि ७ जनालाई दोषी करार गरि मुद्वा दायर गरिएको हो । उनीहरुले संस्थालाई हानी पु¥याएर व्यक्तिगत लाभ लिने ठेकेदार पोस्ने गरेको अध्ययनबाट देखिएको उनले बताए ।
अन्य विषयमा अनुसन्धान जारी छ
प्रतिष्ठानमा अनियमिताको उजुरी निकै रहेको छ । अख्तियारले उजुरी उपर मिहिनरुपले अनुसन्धान जारी राखेको बताएको छ । ‘अन्य विषयहरु पनि छन् । त्यसको अध्ययन भइरहेको छ । अध्ययन पछि अख्तियार एउटा निर्णयमा पुग्ने छ ।’–प्रवत्ता कोइरालाले ब्लाष्ट खवरसँग भने ।