धरान / प्रदेश नं. १ सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राखेर ४७ करोड बजेट खेल क्षेत्रलाई छुट्याएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन् ।
मंगलबार धरान–१६ स्थित रंगशालामा मुख्यमन्त्री कपको समापन गदैं मुख्यमन्त्री राईले धरानलाई सबै खेलहरुको गतिविधीहरु गर्ने स्थलको रुपमा विकास गर्ने बताएका छन् । खेलकुद ग्राम बनाउन ५ करोड बजेट विनियोजन गरेको बताउदैं प्रदेश १ का खेलाडीहरुलाई व्यवसायी बनाउन मुख्यमन्त्री कप प्रतियोगिता गराइएको बताए ।
आगामी दिन यस प्रतियोगितालाई क्यालेण्ड बनाएर समयमा गराउने बताए ।
अखिल नेपाल फ्टवल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाले प्रदेश १ नाम मात्रले १ नभएको कामले पनि भएको भन्दैं प्रशंसा गरे । एक करोड बजेट मुख्यमन्त्री कपका लागि छ्ट्याएर प्रदेशले एतिहासिक काम गरेको उनले बताए ।
आगमी बर्ष जिल्ला लिग बैशाखमा गरेर प्रदेश लिग जेठ भित्र सक्ने गरि क्यालेण्डर तयार गरिने अध्यक्ष शेर्पाले बताए ।
आज भएको फाइनल खेलमा शैनिक युव क्लव झापाले बेलबारी युवा क्लव मोरङलाई २–१ को अन्तरले हराउदैं प्रदेश च्याम्पियन बनेको छ । झापाका रेजित माझीले खेलको एक मिनेटमा खाता खोलेका थिए । मोरङ्ले दोश्रो हापको ६७ औं मिनेटमा सौरव कार्कीले एक गोल गरेका थिए । खेलको ८७ औं मिनेटमा झापाका विकेश सुब्वाले पुन एक गोल गरि टिमलाई विजयी गराए ।
प्रमुख अतिथि मुख्यमन्त्री राईले विजेता खेलाडी तथा टिमलाई पुरस्कार वितरण गरेका थिए । विजेताले नगद ५ लाख, उपविजेताले ३ लाख पाए । माेरङका भूषण सुब्वा सर्वाेत्कृष्ट खेलाडी घाेषित भए । उनले नगद १ लाख पाए ।