श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ श्रावण १ गते बुधबार, १७ जुलाई २०१९ । श्रावण कृष्णपक्षको प्रतिपदा तिथि २३ः०३ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र उत्तराषाढा २२ः३५ बजेसम्म, उप्रान्त श्रवण । चन्द्रमाराशि मकर, सूर्योदय ५ः२० र सूर्यास्त ६ः५९ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । धर्म–कर्म तथा समाज सेवामा मन लाग्नेछ । बिछोडिएका साथीभाइसित रमाइलो भेट होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनमा मन जानेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । साथीभाइको सहयोग प्राप्त होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । मिष्ठान्न भोजन प्राप्त होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययन–अध्यापनमा भन्दा मनोेरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । माया–प्रेमको सम्बन्ध विस्तार हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ  । राजनैतिक निकायमा तपाईको उच्च स्थान रहला । मन प्रसन्न बन्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । चोटपटक तथा दुर्घटनाको भय हुनसक्छ । सवारी साधनको प्रयोगमा सावधानी अपनाउनु होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेट हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन–चा“दी तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक क्षेत्रमा तपाईको उच्चस्थान रहनेछ । समग्र दिन राम्रो छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कृषि तथा पशु चौपायाको व्यापार–व्यवसायमा मन जानेछ । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । मन प्रसन्न बन्नेछ । दिन उत्तम छ ।