धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. गुरुप्रसाद खनाललाई नियुक्त गरिएको छ ।
उपकुलपति प्रा.डा. राजकुमार रौनियारलाई घुस÷रिसवत सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ तथा भ्रष्टचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार स्वतः पदवाट निलम्वनमा परेकाले अर्को व्यवस्था नभएसम्मका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले उनलाई सोमबार निमित्त उपकुलपति पदमा नियुक्त गरेको हो ।
निमित्त उपकुलपति भई दैनिक कामकाज गर्ने र कर्मचारीलाई तलव भत्ता वितरण गर्ने गरि जिम्मेवारी दिएको स्वास्थ्य मनत्रालय श्रोतले जनाएको छ । जिम्मेवारी पाए लगत्तै डा. खनालले प्रतिष्ठानका विभिन्न विभागीय प्रमुख, प्राध्यापक एवम् शाखा÷महाशाखा प्रमुखहरुसँग छलफल गरि प्रतिष्ठानका काम कारवाही इमान्दारीपूर्वक वहन गर्न सुझाएका छन् ।

पतिष्ठानमा गत मंगलबार रजिष्टार तुलबहादुर श्रेष्ठ, डेपुटी रजिष्टार अमित श्रवास्ताव, आर्थिक प्रशासन महाशाखा प्रमुख दिनेशराज दाहाललगायत पदाधिकारी र कर्मचारी विरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्वा दायर भए पछि पद रिक्त भएको छ ।