देउराली । साउन महिनाको सुरुवातसंगै धरान उपमहानगरपालिकास्थित पिण्डेश्वर बाबाधाममा प्रदेश एकका सभामुखले जल चढाएर पिण्डेश्वरमा बोलबमको शुभारम्भ गरेका छन् ।

 साउन महिनाको प्रत्येक सोमबार सुनसरीको बराहक्षेत्रबाट  कोशीको जल ल्याएर धरान उपमहानगरपालिका १४ स्थित विजयपुरमा रहेको पिण्डेश्वर बाबाधाममा चढाउने कार्यको साउन १ गते सभामुख प्रदिपकुमार भण्डारी र प्रदेश सभासद चन्द्रप्रसाद श्रेष्ठले जल चढाए शुभारम्भ गरेका छन् ।

कार्यक्रमा सुनसरी जिल्लाका विभन्नि स्थानिय तहका प्रतिनिधि सहित प्रदेश एकका प्रतिष्ठित व्यक्तीत्वहरुको उपस्थिती रहेको पिण्डेश्वर बाबाधाम समितीका अध्यक्ष बिकासकुमार बनेपालीले बताएका छन् ।
पिण्डेश्वर बाबाधाममा साउनको महिना प्रत्येक सोमबार बोलबम यात्रा गरी जल चढाउन आउने लाखै भक्तजनहरुको भिड लाग्ने गर्दछ ।

सप्तकोशी नदीमा स्नान गरी त्यहाँको जल ल्याएर पिण्डेश्वर बाबा धाममा रहेको शिव लिङ्गमा अर्पण गरी भक्ति भावपूर्वक पूजा–आराधना गर्नाले मनाेकाङ्छा पूर्ण हुने हिन्दु सनातनको विश्वास रहेको छ ।

अघिल्लो बर्षका भन्दा वर्ष धेरै भक्तजहरु आउने आशा राखेएको समितीले साउनको महिना मात्रै चारदेखि पाँचलाख श्रद्धालु पिण्डेश्वरमा जल चढाउन आउने बताएको छ ।

पिण्डेश्वरमा आउने भक्तजनहरलाई सहज वातावरण निमार्ण गर्नका लागि अघिल्ला वर्षहरुमा झै यस वर्ष पनि आइतबार सात बजे देखिि नै मन्दिर प्रवेश गर्ने ढोकाहरु खोलीनुका साथै सहजरुपमा मन्दिर दर्शनकालागि पिण्डेश्वर परिसर भरी स्वयमसेवक परिचालन गरीने अध्यक्ष बनेपालिले बताएका छन् ।

अघिल्ला वर्षहरमा झै यस वर्ष पनि आपतकालीन अवस्थामा एम्वुलेस, स्वस्थ शिविर, लगायत विभिन्न संघ संस्थाहरुको तर्फबाट पानी, प्रसाद तथा निःशुल्क भोजनको पनि व्यावस्था गरीने बताएका छन् ।
विषेसगरी यस वर्ष साउन १५ गते देखी २१ गते सम्म सन्ध्याकालीन माहा आरती पनि हुने अध्यक्ष बनेपालीले जनाएका छन् ।

यस बर्ष सोमबार जल चडाउन आउने भक्तजनहरुलाई अझ बढी सहजता प्रदान गर्नका निम्ती सोमबार बन्द हुदैं आएको धरानको बजार खुल्ला गर्नका लागि व्यापारीहरुसंग छलफल गरिने सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरिधारी सापकेटाले बताएका छन् ।