श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ श्रावण २ गते बिहीबार, १८ जुलाई २०१९ । श्रावण कृष्णपक्षको द्वितीया तिथि २८ः५४ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र श्रवण २४ः४४ बजेसम्म, उप्रान्त धनिष्ठा चन्द्रमाराशि मकर, सूर्योदय ५ः२० र सूर्यास्त ६ः५९ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । जागिरमा भने केही समस्या आइपर्न सक्छ । मन दुःखी रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मुद्दा मामिलामा तपाईंको विजय हुनेछ । नपत्याएका व्यक्तिहरूको विशेष सहयोग मिल्ला । मन प्रसन्न बन्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेटघाट हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धर्म कर्म तथा समाज सेवामा मन जानेछ । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट एवं खानपिन होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । कार्य व्यवसायमा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय उत्तमखालको छ । जग्गा जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । रमाइलो वातावरणमा दिन बित्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कार्य व्यस्तताले परिवारमा समय दिन नपाइएला । बन्न लागेको काममा विघ्न आइपर्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक क्षेत्रमा तपाईंको उच्चस्थान रहला ।