काठमाडौं /  लोक सेवा आयोग कार्यालय अनामनगरस्थित केन्द्रीय कार्यालय अगाडि बिहीबार प्रदर्शन गरिएको छ ।

आयोगले गत असारमा गरेको विज्ञापनको परीक्षा सुरु हुन १ दिनअगाडि त्यसको खारेजी माग गर्दै विभिन्न संघ–संगठनहरूले प्रदर्शन गरेका हुन् ।

‘आरक्षण’ कोटा आयोगले कटौती गरेको भन्दैं देश व्यापाी विरोध भइरहेको छ । आज भएको प्रदर्शनका कारण आयोग अगाडिको सडकमा केहीबेर तनावकोस्थिति सिर्जना भएको थियो । प्रदर्शनकारीले सडक छेकेर प्रदर्शन गरेका थिए । प्रहरीले हस्तक्षेप गरेर अवरोध हटाएको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा लोक सेवा आयोगले गत असारमा स्थानीय तहका विभिन्न पदमा ९१३१ कर्मचारी माग गरेको थियो ।