धरान  सरकारले साउन १ गते देखि उद्योग, कलकारखानालगायत रोजगारदाताहरुले श्रमीकको परिश्रमिक भुक्तानी गर्दा भुक्तानी लिनेको अनिर्वाय पान नम्बर लिनु पर्ने विषयमा उद्योग बाणिज्य संघ सुनसरीले विरोध जनाएको छ ।
सुनसरी उद्योग वाणिज्य संघले खारेजीको माग गर्दै हिजो अर्थमन्त्री युवराज खतिवडालाई आन्तरिक राजश्व कार्यालय धरान मार्फत ज्ञापनपत्र पठाएको हो ।

संघका अध्यक्ष गिरिधारी सापकोटासहितको टोलीले बुझाएको ज्ञापन पत्रमा उद्योगी व्यवसायीहरुले भोग्नु परेको कठिनाईलाई सहज बनाउने तर्फ सरकारको ध्यानाकर्षण गराइएको थियो ।