धरान /  सर्पले डसेपछि नजिकैको सर्पदंश उपचार केन्द्रमा भर नपरी झारफुक गर्ने धामीको भर पर्दा इटहरीमा एक १२ बर्षीय बालकको विहीबार मृत्यु भएको छ ।
इटहरी ११ भुसकलुवा बस्ने समीर ऋषीदेवको सर्पले डसेर ज्यान गएको हो । उनलाई विहान सवेरै ओछयानमा सुतिरहेकै वेला सर्पले डसेको थियो । अविभावकले केहि समय पछि झारझुक गर्ने धामीको विश्वास लागेर त्यता तिर लगे । तर झारझुक गर्ने धामीले पनि तुरुन्त अस्पताल लैजान सल्लाह दिए पछि इटहरीस्थित पूर्वी पृतना हेडक्वाटरमा रहेको सर्पदंश उपचार केन्द्र पुरयाउदा ढिलो भइसकेको थियो ।
उनका वुवा टोलाई ऋषीदेवको आर्थिक नाजुक भएकाले अन्तिम संस्कार गराउन पनि समस्या भएको खवर पाएपछि इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतम घरमै पुगेर आफूले र त्यहि वडाका जनप्रतिनिधिवाट खर्चको ब्यवस्था गरिदिएका थिए । इटहरी उपमहानगरको तर्फवाट अन्तेष्ठिका लागि कोशी पुरयाउने सवारी साधनको ब्यवस्था गरिएको उपमेयर गौतमले बताइन् । उनले वाढीपछि सर्पको विगविगी बढेकाले सचेत रहन र सर्पले डसिहाले तुरुन्त नजिकैको सर्पदंश उपचार केन्द्र लैजान उपमेयर आग्रह गरिन् ।