काठमाडौँ  / सरकारले गैरकानुनी रुपमा नेपालमा बसिरहेका ५ जना श्रीलंकन नागरिकलाई देश निकाला गरेको छ ।
गत असार २९ गतेको मन्त्रिपरिषद् बैठकले अवैध रुपमा बसिरहेका ती नागरिकले तिर्नुपर्ने जरिवाना र भिसा शुल्क मिनाहा गरी निस्कासन गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका छन् ।
मन्त्रपरिषदको निर्णय बिहीबार सार्वजनिक गदैं वास्कोटाले यस्तो जानकारी दिएका थिए । ती पाँच नागरिकले २ लाख ५० हजार जरिवाना र ३७ हजार ३ सय ८० अमेरिकी डलर भिसा शुल्क तिर्नुपर्ने थियो। उक्त जरिवाना मिनाहा गरेर देश निकाला गरेको हो ।