बिर्तामोड । इलाका प्रहरी कार्यालय बिर्तामोडले कार्यालय परिसरमा ‘चिल्ड्रेन कर्नर’ निर्माण गरेको छ । बाल बालिकासहित प्रहरी कार्यालयमा आउने सेवाग्राहीको सहजताका लागि चिल्ड्रेन कर्नर निर्माण गरिएको हो ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट ‘नमुना प्रहरी अवधारणा कार्यक्रम’ अन्र्तगत इप्रका बिर्तामोडमा चिल्ड्रेन कर्नर र अनुसंधनात्मक अन्तवार्ता कक्ष निर्माण भएको डिएसपी मोहन थापाले जानकारी दिए । चिल्ड्रेन कर्नरको लागत ४ लाख र अन्तवार्ता कक्षको लागत ७ लाख रुपैंयाँ रहेको उनले बताए ।

police-station

चिल्ड्रेन कर्नरमा बालबालिकाका लागि बिभिन्न प्रकारका खेल सामग्री राखिएको छ । बालबालिकालाई तयस स्थानमा राखेपछि अभिभावकलाई काम गर्न सहज हुने भएको छ । इप्रका बिर्तामोड र काँकडभिट्टामा ८ लाखको लागतमा डिजिटल डिस्प्ले बोर्ड समेत राखिने भएको बताइएको छ ।

police-station3

अन्तवार्ता कक्ष भने प्रहरीलाई अनुसंधानमा सहजता पुर्याउनका लागि निर्माण गरिएको हो । बाहिरको आवाज भित्र नजाने र सुविधासम्पन्न कक्ष पछिल्ला समयमा प्रहरीको न्युनतम आवश्यकताभित्र पर्ने थापा बताउँछन् । बिर्तामोड सहित दमक र धुलाबारीमा चिल्ड्रेन कर्नर निर्माण भएको छ भने अन्तवार्ता कक्ष भने बिर्तामोडमा मात्र निर्माण भएको हो ।

police-station2