श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ श्रावण ३ गते शुक्रबार, १९ जुलाई २०१९ । श्रावण कृष्णपक्षको तृतीया तिथि अहोरात्र, उप्रान्त तृतीया, नक्षत्र धनिष्ठा २२ः३५ बजेसम्म, उप्रान्त शतभिषा । चन्द्रमाराशि मकर, सूर्योदय ५ः२१ र सूर्यास्त ६ः५९ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
धर्म–कर्म तथा समाज सेवामा मन जानेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मन प्रसन्न रहला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउला । आफ्नोभन्दा अरुको काममा बढी समय दिनु पर्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मुद्दा–मामिलामा विजय हासिल होला । नया“ कामको अवसर मिल्ला । लाभदायी यात्रामा सरिक भइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जग्गा–जमिन तथा भवनसम्बन्धी काममा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । मन प्रसन्न बन्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । कामकाजमा सफलता मिल्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मन प्रसन्न बन्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मया–प्रेमको सम्बन्ध विस्तार हुनेछ । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला । मन प्रसन्न बन्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । नयाँ कार्य–व्यवसायको शुभारम्भ होला । शुभसमाचार सुन्न पाइएला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । बिछोडिएका साथीभाइसित रमाइलो भेट एवम् खानपिन हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ । सेवामूलक कार्य–क्रममा संलग्न भइएला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट एवम् खानपिन होला ।