फिल्म अभिनेत्री साम्राज्ञी आरएल शाह केही न केही गरेर चर्चामा छाइरहन्छिन् ।

कहिले फिल्मका कारण र कहिले विभिन्न स्टण्टका कारण चर्चामा रहने उनी अहिले इण्डोनेसियास्थित जिम्बारन बीचमा रमाइरहेकी छन् । त्यहाँ बिकिनी सुट गरेर रमाइलो गरिरहेका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेकी छन् ।

फिल्म रातो टीका निधारमाको छायाङ्कन सकेर बसेकी उनको फिल्म मारुनी भदौ ४ बाट प्रदर्शनमा आउँदै छ ।

आफ्नो लागि पाएको केही समयको सदुपयोग गर्दै उनी भ्याकेसन मनाउन विदेश पुगेकी हुन् । समुद्रतटमा बिकिनी लगाएर बालुवामा रमाइरहेकी उनी खुशी देखिन्छिन् ।

sam samragi