युवतीहरूलाई यतिबेला साउन लागेको छ । हरियो चुरा र मेहन्दीमा युवतीहरू सजिन थालेका छन् ।

अन्य युवतीलाई जस्तै अभिनेत्री दीपिका प्रसाईंलाई पनि साउन लागेको छ । उनका हरियो चुरा र मेहन्दीमा सजिएका तस्बिरहरू सार्वजनिक भएका छन् ।

निर्देशक दिवाकर भट्टराईसँग दीपिकाले विवाह गरेको केही महिना मात्र भएको छ । विवाहपछिको पहिलो साउनमा उनी हरियो र पहेँलो रङमा सजिएकी छन् ।

हालै फिल्म ‘हेलो जिन्दगी’ को छायाङ्कन सकेर बसेकी उनले विवाहित नेपाली नारीको प्रतिनिधित्व गर्ने तस्बिर सार्वजनिक गरेकी छन् । हातमा चुरा र मेहन्दीलगाएकी उनले आफ्नो पतिको नाम मेहन्दीले लेखेकी छन् ।

dipika