इलाम कफीमा पनि उत्कृष्ट

alt
  • श्रावण ४, २०७६
  • १९५ पटक पढिएको
  • ब्लाष्ट खबर

इलाम । इलाम चियाको राजधानी हो । यहाँ मानिस चिया किन्न मात्र नभई चियाबारी क्षेत्र घुम्न पनि आउने गर्छन् । तर, पछिल्लो समय चियाका लागि प्रख्यात मानिने इलाममा कफी खेती पनि हुन थालेको छ ।

किसानले कफीको व्यवसायिक खेती गर्न थालेपछि उत्पादनमा वृद्धि भएको हो । केन्द्रीय तथ्याङ्क विभागले गरेको एक सर्वेक्षणअनुसार इलाम प्रदेश नं. १ कै उत्कृष्ट कफीखेती हुने जिल्लामा परेको छ ।
सर्वेक्षणका अनुसार प्रदेश नं. १ को १० जिल्लामा ५ सय ६९ किसानले व्यवसायिक कफीखेती गरेका छन् । त्यसमध्ये इलाममा २ सय ३६ किसानले व्यवसायिक कफीखेती गरिरहेको केन्द्रीय तथ्याङ्क विभागका निर्देशक बद्रीकुमार कार्कीले जानकारी दिए ।

विभागले ५० बोटभन्दा बढी कफी लगाएर खेती थालेका किसानलाई मात्रै सर्वेक्षणमा समावेश गरेको छ । ‘व्यवसायिक कफीखेतीको सर्वेक्षण भएकाले ५० बोटभन्दा कम हुनेको तथ्याङ्क लिइएको छैन’ उनले भने, ‘तथ्याङ्क सङ्कलनको काम विगत २०७४ मा भएकाले त्यसयता खेती थालेका किसान छुटेका छन् ।’

प्रदेश १ को १ सय २० हेक्टर क्षेत्रफलमा कफीखेती भइरहेको छ । त्यसमध्ये इलाममा ४३ हेक्टरमा व्यवसायिकरूपमा खेती गरिएको छ । प्रदेश १ मा एक लाख तीन हजार ६ सय ६१ किलो ‘फ्रेस चेरी’ उत्पादन हुने गरेको छ । इलाममा वार्षिक ४२ हजार ६ सय ४९ फ्रेस चेरी उत्पादन हुने गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ । इलाममा पछिल्लोपटक कम्पनीमार्फत् ठूलो क्षेत्रफलमा कफी लगाउन थालिएको छ । सूर्योदय नगरपालिकामा ४ सय रोपनीमा कफी लगाइँदैछ ।

इलाम नगरपालिका, देउमाईको जितपुर, गजुरमुखीलगायतका ठाउँमा ठूलो क्षेत्रफलमा कफीखेती थालिएको छ । प्रदेश १ को तेह्रथुममा १ सय ६६ किसानले १६ हेक्टर क्षेत्रफलमा कफी खेती गरेका छन् । पाँचथरमा १३ हेक्टर, उदयपुरमा तीन दशमलव पाँच, खोटाङमा पाँच हेक्टर, ताप्लेजुङमा चार हेक्टर, भोजपुरमा १७ हेक्टर, सङ्खुवासभामा ९ हेक्टर, ओखलढुङ्गामा १ हेक्टर, धनकुटामा ६ हेक्टरमा कफी खेती हुने गरेको छ । सर्वेक्षणअनुसारनेपालको ३२ जिल्लामा कफीखेती भइरहेको छ ।

सप्तरीमा स्वास्थ्य व ...

राजविराज  /  रामराजाप्रसाद सिंह स्वास्थ्य विज ...

खानेपानीमा भ्रष्टचार ...

बिर्तामोड /  साना शहरी खानेपानी तथा सरसफाई संस्था ...

नेपालले हात पार्याे ...

ब्लाष्टखबर। २ –१ गाेल अन्तरले भुटानलाई हराउँदै पु ...

‘समानताको पुस्ताः बल ...

धरान  / ७१ औ अन्तर्राष्ट्रिय मानब अधिकार दिवस ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved