पाँचथर । बुधबार रातीदेखि झेरेको पहिरोका कारण अवरुद्ध बनेको मेची राजमार्ग शुक्रबार पनि सञ्चालनमा आउन सकेन ।

राजमार्गको इलाम–फिदिम सडक खण्डको पाँचथरस्थित फाल्गुनन्द गाउँपालिका–३, पाङ्ग्रेभीरमा पहिरो झरेको पहिरोले राजमार्ग अवरुद्ध बनेको हो । शुक्रबार अपरान्हदेखि पहिरो झर्ने क्रम केही रोकिएकाले स्काभेटर प्रयोग गरी पहिरो पन्छाउने काम शुरु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका इञ्चार्ज जनक तिम्सिनाले बताए ।

उनले शुक्रबार राति ठूलो वर्षा नभएमा भने शनिबार अपरान्हसम्म राजमार्ग खुल्न सक्ने उनले बताए । पहिरोका कारण सवारी अवागमन ठप्प भएको छ । यात्रुलाई आधा घण्टा पैदल हिँडाएर पहिरो कटाई अर्को सवारी साधनमा चढाएर गन्तव्यतर्फ पठाउने काम भइरहेको बताइएको छ ।