सिरहा । सिरहाको मिर्चैया नगरपालिकाद्वारा बाढी प्रभावित क्षेत्रमा मिर्चैया नगरपालिका स्वास्थ्य कार्यालय मिर्चैयाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

सिरहाको मिर्चैैया नगरपालिकामा अतिप्रभावित क्षेत्रमा मिर्चैया नगरपालिका स्वास्थ्य कार्यालयबाट खटिएको टोलीले बाढीबाट सबैभन्दा बढी प्रभावित मिर्चैया नगरपालिका वडा नं. ३ (राघोपुर) र वडा नं.१२ का बाढीपीडितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य सेवा सञ्चालन गरेको मिर्चैैया नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सुरेश सिंहले बताए । बाढी प्रभावित स्थानमा रोगको सङ्क्रमण फैलिन नदिन र बाढीपीडितलाई स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्र मिर्चैयाका प्रमुख डा.राकेश यादवको नेतृत्वमा आएको टोलीले महिला, ७८ जना, पुरुष ६३ जना,बालबालिका २१ जना गरी १ सय ६२ जना बिरामीहरूलाई जाँच गरि निःशुल्क औषधी बितरण गरिएको मिर्चैैया नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सुरेश सिंहले बताए ।

त्यसै गरी उक्त कार्यक्रम मिर्चैया नगरपालिका वडा नं.३ का वडा अध्यक्ष हरिनारायण यादवको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा मिर्चैया नगरपालिकाका मेयर श्रवण यादवको उपस्थिति रहेको थियो ।

त्यस्तै, कार्यक्रममा अतिथिको रूपमा नगरपालिकाका उपमेयर जिवछी देवी साह, मिर्चैैया नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सुरेश सिंह, मिर्चैैया नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक विजय कुमार महतो, डा.राकेश यादव, डा.शम्भु साह, डा.उषा साह, डा.जितेन्द्र यादवलगायत, स्थानीय,नागरिकसमाज, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी सहयोगी संस्थाहरूमा मङ्गलम् हेल्थ केयर मिर्चैया, शान्ति हेल्थ केयर मिर्चैया, साहारा किलिनिक मिर्चैया रहेका थिए ।