सुनसरी  / लोकसेवा आयोगले खुलाएको विज्ञापनको विरोध गरिहेका नेपाल आदिवासी जनजाती महासंघका १५ जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
समावेशी कोटा कम भएको भन्दै आदिवासी जनजाती महांसघले आज शनिबार प्रदेश १ मा बन्दको आह्वान गरेको थियो ।
इटहरी चौकमा नारावाजी गदैं हिडेका महासंघका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको बताइएको छ । बजार बन्द गदैं हिडेकाले पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी समीरचन्द्र खरेलले जानकारी दिए । ।

उनका अनुसार आदिबासी जनजाती महासंघ सुनसरीका अध्यक्ष रामकुमार राई सहित १५ जनालाई पक्राउ गरिएको छ । इटहरीमा हिजो शुक्रबार महासंघले इटहरीको मुख्य चौकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको पुत्ला समेत जलाएका थिए ।