सुनसरी  / लोकसेवा आयोगले खुलाएको विज्ञापनको विरोध गरिहेका नेपाल आदिवासी जनजाती महासंघका १५ जना नेता तथा कार्यकर्तालाई इटहरीबाट प्रहरीले पक्राउ गरे पछि महासंघका नेता कार्यकर्ताहरुले रिहाइको माग गदैं प्रहरी कार्यालय घेराउ गरेका छन् ।
समावेशी कोटा कम भएको भन्दै आदिवासी जनजाती महांसघले आज शनिबार प्रदेश १ मा बन्दको आह्वान गरेको थियो । सोही क्रममा इटहरीमा प्रदर्शनमा उत्रिएका महासंघका अध्यक्ष रामकुमा राईसहित पक्राउ परे पछि उनीहरुले इलाका प्रहरी कार्यालय इटहरी घेराउ गरेका हुन । उनीहरुले प्रहरी विरुद्ध नारावाजीसमेत गरिरहेका छन् ।

pradarsan copy