काठमाडौं   साना राजनीतिक दलहरुले सरकार विरुद्ध संयुक्त आन्दोलन गर्ने भएका छन् । वाम–प्रजातान्त्रिक धारका साना दलहरुले मुलुकको धर्म र संस्कृतिमाथि बाहृय दबाव रोक्न माग गर्दै आन्दोलनको घोषणा गरेका छन् ।

संयुक्त राष्ट्रिय आन्दोलनको नेतृत्व नेकपा (माले) का महासचिव सीपी मैनालीले गदैंछन् । ओन्दोलनमा हरिबोल भट्टराई नेतृत्वको नेपाली काँग्रेस (वीपी), देवीप्रसाद ओझा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक मञ्चलगायतका नौ राजनीतिक दलहरु आवद्ध रहेका छन् ।