राष्ट्रिय शैक्षिक परामर्श संघ प्रदेश एकले विदेश जाने विद्यार्थीहरुलाई परामर्श सेवा प्रदान गर्दै आएका शैक्षिक परामर्श केन्द्रहरु(कन्सल्ट्यान्सी)लाई दर्ता, अनुगमन र अनुमती दिने गरी शैक्षिक परामर्श सेवा तथा भाषा परीक्षण सम्वन्धी निर्देशिका निमार्ण, प्रदेश स्तरिय संघ, संस्थाहरुलाई दर्ता सम्वन्धी व्यवस्थापन गदैं आएको छ । यसले दर्ता भएका संस्थाहरुकलाई नियमन अनुगमन गरी स्वीकृती प्रदान जस्ता ६ बुदे माग पत्र प्रदेश सरकारलाई बुझाएको थियो । प्रदेश सरकारको ध्यानाकर्षणसमेत भइसकेको छ । यस संस्थाको नेतृत्व प्रदेश १ का युवा व्यवसायी मोहन तिगेलाले गरिहेका छन् । लामो समयदेखी धरानमा ‘इडेन एकेडेमी शैक्षिक परामर्श केन्द्र खोलेर विशेष अध्ययन गर्न जानेहरुलाई सेवा दिइदैं आएका छन् । नेपाल शैक्षिक परामर्श संघ र शैक्षिक परामर्श केन्द्रका विषयमा ब्लाष्टखवरले गरेको कुराकानीको सारः यहाँ प्रस्तुत गरिएको छ  :–

  • राष्ट्रिय शैक्षिक परामर्श संघले आफ्ना व्यावसायीहरुको हक हितका लागि के गरिरहेको छ ?

राष्ट्रिय शैक्षिक परामर्श संघ शैक्षिक परामर्श केन्द्रहरुको हकहितका लागि संगठित संस्था हो । संघले करिव एक महिना अगाडी प्रदेश सरकारलाई शैक्षिक परामर्श केन्द्रलाई चाडो भन्दा चाडो कानुनी दायरमा ल्याउन माग सहितको छ बुदे मागपत्र बुझएका छौं । यो भन्दा अगाडी हाम्रो शैक्षिक परामर्श केन्द्रहरु सघंमा दर्ता हुने चलन थिएन । शिक्षा मन्त्रालय, शैक्षिक प्रमाणीकरण शाखामा दर्ता हुने चलन थियो । अहिलो नयाँ आएको नियमहरुमा शैक्षिक परार्मश भन्ने बुदाँ नै छैन । साथै प्रदेश ३ ले नियावली बनाएर दर्ता गर्न सुरु गरेको छ । देश संघीयतामा गइसकेको छ । त्यस अनुरुप हामी पनि संघीयतामा जानु पर्छ भन्ने सोचका साथ प्रदेश एकमा शैक्षिक परार्मश केन्द्रहरुका लागि यही दर्ता हुने खाले नियम कानुन बनाउन माग गरिरहेका छौं ।
प्रदेश सरकारले हामो मागलाई प्राथमिकतामा राखेको छ । भरखरै सूचना आएको थियो । प्र्रदेश सरकारले अहिले ड्राफ तयार पारीरहेको छ । वहाँहरुले दिएको जानकारी अनुसार एक हप्ता भित्र प्रदेश एकमा पनि दर्ता प्रकृया शुरु हुने छ ।

  • अव केन्द्रीकृत प्रणाली हट्ने हो त ?


विद्यार्थीहरुको काठमाण्डौ जाने केन्द्रीकृत सोचलाई भङ्ग गरेर सबै प्रदेशबाट नै हुनुपर्छ भन्ने हाम्रो माग हो । प्रदेश सरकारले कानुन बनाएर सबै काम प्रदेशबाट शुरु गर्ने हो भने प्रदेश १ का विद्यार्थीहरु संघीय राजधान िधाउन पर्ने छैन् । यसले केन्द्रीकृत सोच पनि परिर्वतन हुने छ । त्यसमा अलि कती समस्या भनेको नो अप्जेक्सन लेटर को हो । र भारत पढ्न जाने विद्यार्थीहरुका लागि पनि नो अप्जेक्सन लेटर अनिर्वाय गरिनु पर्दच भनेर पनि हामील आवाज उठाएका छौं । त्यो काम पनि प्रदेश सरकारबाटे सम्भव छ ।

  • कन्सल्ट्यान्सी र मेनपावरलाई उस्तै नजरले हेरिन्छ नी ? यि दुईमा के फरक छ नी ?


हो यस्तो भइरहेको छ । यो समस्या हामी भित्रै भएको समस्या हो । शैक्षिक परामर्श केन्द्रका धरै साथीहरु अझै पनि मेनपावरको काम गर्ने भइरहेको छ । यसमा राज्यले अनुगमन गर्नु पर्छ जस्तो लाग्छ । यहि कारण पनि ल्भ्ख् ले शैक्षिक परामर्श केन्द्रहरुलाई कानुनी दायरामा ल्याउनु पर्छ भनेको हो । सरकारले दर्ता, नियन र स्वीकृतीको कुरा अगाडी बढाउनु पर्छ । संघले पनि कोड अफ कन्डक्ट बनाएको छ सदस्यहरुले ति कुराको उल्लङघन गर्नु भएन । यसको मतलब कतिपय कन्सल्टयान्सीहरुको काम गराइका कारण मानिसहरुको हेर्ने दृष्टीकोण फरक परेका हो । त्यसमा हामी पनि मुछिएका छौ । वास्तवमा कन्सल्ट्यन्सी र म्यानपावर विल्कुल फरक व्यवसायह ो । मेनपावरले बैदेिशक रोजगरीका लागी श्रम निर्यात गर्छ भने कन्सल्ट्यान्सीले विदेश पढ्न जाने विद्यार्थीहरुलाई परामर्श, कलेज तथा विश्व विद्यालयहरुको छनौट, पढ्ने विषयको छनौटका साथै पढ्न जाने देशको छनौटका साथै त्यहाँ गइसके पछि आइपर्ने समस्या तथा सुविधाहरुको बारेका पूर्ण जानकारी दिने गर्दछ ।

  • कतिपय कन्सल्ट्यान्सी को पढ्न भनेर पठाउने तर मुख्य उदेश्य भनेको काम गर्ने नै हुन्छ भन्छन् नी ?

कोही विद्यार्थी पढ्न जाने भन्छन् भने उनीहरुको मुख्य उदेश्य भनेको पढाइनै हुनु पर्छ । त्यही अनुसार हाम्रा काउन्सिलरहरुले सम्झाउछन् । तथापि पढाई बाहेकको खाली समयमा उनिहरुले पार्ट टायम काम गर्न पाउछन् भने उनीहरुको खान बस्न यातायतजस्ता साधारण खर्च त आफै पनि गर्न सक्छन् । अभिभावक तथा विद्यार्थीले पनि के जान्न जरुरी छ भने यदि विदेश पढ्नका लागी जाने हो भने पढ्ने नै पहिलो प्राथमिकता हुनु पर्यो । पैसा त उसले पढि सके पछि अन्तराष्ट्रिय डिग्री लिइसकेपछि पनि कमाउन सक्छ ।

  • इडेन एकेडेमीले चाही अहिले के गरिरहेको छ ?eden

इडेन एकेडेमीले विदेश पढ्न जाने विद्यार्थीहरुका लागि परामर्श सेवा दिदै विद्यार्थीको आर्थिक अवस्था हेरी उनीहरुको शैक्षिक योग्यता हेरी उनीहरुले चाहेको देशमा सर्ब सुलभ कलेज तथा विश्वविद्यालयहरु पनि अध्ययनको लागि मिलाउने काम गदैं आएको छ । हामी विशेष गरेर विद्यार्थीहरु र विदेशी कलेजहरुको पुलको रुपमा काम गछौं । अन्तर्राष्ट्रिय स्तरका कलेजमा अध्ययनका लागि तयारी कक्षाहरु आइएलएस, टफेल, पिटिई ओइटी, स्याट, जिआइ, जिम्याट, जापानिज भाषा, कोरियन भाषाजस्ता कोर्षहरु पनि संञ्चालन गराउदैं आएका छौ ।
इडेनले कुन देशमा बढि विद्यार्थी पठाउदैं आएको छ ? अहिले सम्मकति विद्यार्थीहरु विदेशमा पढ्न गएका छन् ?
कुन देशमा बढि पठाउने भन्ने चाहि समय र विद्यार्थीहरुको ट्रेन्मा भर पर्छ । २०१०, २०११ मा धेरै विद्यार्थीहरु जापान जान्थे । त्यति बेला हामीले जापान पठायौं । अहिले धेरै विद्यार्थीहरु अष्ट्रेलिया, न्युजिल्याड, क्यानडाजस्ता पश्चिमी मुलुकमा जान चाहन्छन् । स्थापनाकाल देखि हालसम्म हजारौ विद्यार्थीहरुलाई अन्तराष्ट्रिय स्तरको डिग्री हासिल गराउन सफल भएका छौं ।

  • विदेश पढ्न जाने धेरै विद्यार्थीहरु उतै बसेको देखिन्छ, विदेश पढ्ने विद्याथीहरुलाई स्वदेशमा फर्काउन तपाईहरुको भूमिका के हुन्छ ?

हामीले दिने परामर्श भनेको दक्ष वन्नका लागि हो । जुनकुनै देशमा रहे पनि त्यहा बिक्री गर्न सक्ने खाले शिक्षा हासिल गर भन्ने हो । चाहे त्यो नेपालमा होस् या विदेशमा । यसमा मेरो आफ्नै खाले दृष्टीकोण रहेको छ । एउटा विद्यार्थी विदेशमा पढ्नको लागि गइसक पछि त्यहाँ धेरै ठूलो रकम लगानी गरी सकेको हुन्छ । पढिसके पछि जुनकुनै कुनामा रहेर त्यहाँ बिक्री हुने गरीको शिक्षा र दक्षता हासिल गरी सकेको हुन्छ । यस्तोमा उनीहरुलाई नेपाल आउ भन्नु भन्दा पनि नेपाल सरकारले उनीहरुको योग्यताको मूल्याङ्कन हुने गरि काम गर्ने वातावरण तयार पार्नु पर्छ जस्तो लाग्छ । सिङ्गापुर, चाइना, फिलिपिन्स्, इन्डोनेसिया जस्ता देशहरुले पनि त्यहि गरी रहेको छन् । यि देशहरुको विकास गर्न त्यही देशबाट विदेश गएर शिक्षा हासिल गरे आएकाहरुको ठूलो योगदान छ । यो म आफू बोलिरहेको छैन् । यो एउटा आइसिएफ भन्ने संस्थाले सार्बजनिक गरेको तथ्याङक हो । एयटा विद्यार्थीले अन्तराष्ट्रिय डिग्री लिइसकेपछि वर्षमा ५० लाखदेखी करोडौ कमाउने हैसियत राख्द छ । त्यो हैसियतलाई हामीले किन्न सक्नु पर्यो । काम गर्ने वातावरण वन्नु पर्यो ।

  • विद्यार्थीहरुले इडनलाई नै रोज्नु पर्ने कारण चाही के हो ?

धरानबाटै सुरु गरेर हामीले ११ बर्ष देखी विद्यार्थीहरुलाई सेवा दिइरहेका छौ । हामी धरान हुदैं इटहरी, विराटनगर, झापासम्म सेवा विस्तार गरेका छौं । हामीसँग भएका जनशक्ति शिक्षा मन्त्रालय तथा अन्तराष्ट्रिय संघ सस्थाले तोकेको मापदन्ड पुरा गरेका प्रमाणपत्र प्राप्त परामर्शदाताहरु छन् । शिक्षकहरु पनि शिक्षा मन्त्रालयले तोकेको मापदण्ड पुरा गरेका शिक्षकहरु छन् । धेरैमा त्यो नहुन सक्छ त्यसैले विद्यार्थीहरुले इडेन एकेडेमी रोजेका हुन ।

  • प्रस्तुती डम्बर कार्की