लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले भारतीय मूलकी प्रीति पटेललाई गृह मन्त्रालयको जिम्मेवारी सुम्पेका छन् । यसअघि पाकिस्तानी मूलका साजिद जावेद बेलायतका गृहमन्त्री थिए ।

नयाँ मन्त्रिमण्डलमा पाकिस्तानी मूलका साजिदलाई वित्त मन्त्रालयको जिम्मेवारी दिइएको भारतीय सञ्चारमाध्यम एबीपीले उल्लखे गरेको छ । प्रधानमन्त्री जोनसनले डोमिनीक रावलाई आफ्नाे नयाँ विदेशमन्त्री नियुक्त गरेका छन् । जोनसनले बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए ।

नवनियुक्त गृहमन्त्री पटेलले यसअघि पनि अहम् मन्त्रालयको जिम्मेवारी सम्हाली सकेकी छिन् । जुन २०१६ मा उनलाई इन्टरनेशनल डेभलपमेन्ट मन्त्री बनाइएको थियो । निवर्तमान प्रधानमन्त्री थेरेसा मेसँगको विवादपछि पटेलले पदबाट राजीनामा दिएकी थिइन् ।