#TiKToK टिकटक मोहले लियो ज्यान

alt
  • श्रावण १०, २०७६
  • ३१५ पटक पढिएको
  • ब्लाष्ट खबर

#TikToK टिकटक भिडियो बनाउने लहडले कसैलाई यति हदसम्म लानसक्दो रहेछ, जसले ज्यान पनि गुमाउनु परेको छ ।

बाढीको पानीमा स्टन्टको भिडियो शुट गरी टिकटकमा अपलोड गर्न चाहने एक युवाले आफ्नो ज्यान नै गुमाउनु परेको छ । यो घटना तीन दिनअघिको हो तर शव बिहीबार प्राप्त भएको छ । स्टन्टको भिडियो बाहिरिएपछि तथ्य पत्ता लागेको हो ।

यो भयावह घटना बिहारको दरभङ्गा जिल्लाको रहेको भारतीय सञ्चार माध्यम आजतकले उल्लेख गरेको छ ।

tiktok1 copy

तीन साथीहरू कासिम, अफजल र सितारे सदर प्रखंडस्थित अदलपुर गाउँका भए पनि बाढी हेर्न केवटीस्थित लालाचौर पुगेका थिए । बाढीको पानी हेरिसकेपछि उनीहरुले पानीमा स्टन्ट लिन थाले ।

ती युवाले टिकटकका लागि खतरापूर्ण स्टन्ट गर्दै भिडियो बनाउन लागेको मिडियामा बताइएको छ । स्टन्ट गर्ने क्रममै अफजललाई बाढीले डुबाएको थियो । तीन दिनपछि उनको शव भेटिएको थियो । ती युवाले अनेक प्रकारले स्टन्ट गरेको भिडियो बाहिरिएको छ ।

स्लो मोसनमा खिचिएको भिडियोमा ती युवा सडकबाट दौडिएर पुल नजिकको तेज बहावमा फाल हानेको देखिएको छ । ती युवा पालैपालो फाल हाल्छन् र अर्का साथीले तिनको भिडियो बनाइरहेको देखिन्छ ।

बाढीमा फाल हानेका कासिम नामका युवालाई बचाउन बाढीमा फाल हान्दा अफलजलाई बाढीको तीव्र धारले बगाउँछ । कासिम भने जसोतसो बाढीबाट निस्कन्छन् । भिडियो बनाइरहेका युवा हराएका साथीलाई खोज्न फाल हान्छन् ।

TIKTOK3

त्यतिबेलासम्म अन्य स्थानीय पनि भेला हुन्छन् । र, डुबेका युवालाई खोज्न जुट्छन् ।

तीन दिनपछि अफजलको शव एनडीआरएफको सहयोगमा गोताखोरको टिमले फेला पार्छन् । घटनापछि दरभङ्गा प्रशासनले बाढीमा प्रवेश नगर्न स्थानीयलाई अपिल गरेको छ । बाढीमा सेल्फी नलिन समेत स्थानीयलाई उर्दी गरेको छ ।

TIKTOK2

रथयात्रामा पक्राउ पर

विराटनगर । विराटनगरमा शनिबार निस्किएको रथयात्रामा पक्रा

रवि लामिछाने सहित ३

ब्लाष्टखबर । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा

सिरहामा एक पुरुषको श

सिरहा। सिरहा जिल्लाको खिरौनामा एक पुरुषको बेवारिसे अवस्


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved