कारगिल युद्धका क्रममा भारतीय स्थल सेना, वायुसेना र नौसेनाको अदम्य वीरता र साहसले पाकिस्तानलाई हरेक मोर्चामा पराजित गरेको थियो । आज २६ जुलाई, कारगिल युद्धको २० वर्ष पूरा भएको छ । भारतले आज ती वीर जवानको स्मृति गरेको छ । द्वितीय विश्वयुद्धपछि पहिलो पटक यति ठूलो सङ्ख्यामा गोलीबारी भएको थियो ।

कारगिल युद्धका बारेमा भारतीय सञ्चारमाध्यम अमरउजालामा आधारित यो सामग्रीः

कारगिल युद्धका क्रममा भारतीय सेनाको आर्टिलरी (तोपखाना) ले अढाई लाख गोला, बम र रकेट प्रहार गरेको थियो । जसले उचाइमा बंकरमा लुकुर बसेका झण्डै ८० प्रतिशत दुश्मन मारिएका थिए ।

car-geel2

यो युद्धमा स्वीडेनबाट किनिएको बोफोर्स तोपले काम गरेको थियो । यही बोफोर्सकै कारण भारतीय सेनाले युद्धको स्वरुप नै परिवर्तन गरिदिएको थियो ।

यो युद्धमा २८६ मिडियम रेजिमेंटको १८ बोफोर्स तोपले २५ दिन फायरिङका क्रममा यसलाई काम नलाग्ने बनाइदिएको थियो । खासमा यो बोफोर्सको आयु ४० वर्षसम्म रहने बताइन्छ ।

सामरिक रुपमा महत्वपूर्ण टाइगर हिल्समा कब्जा गर्ने दिन भारतीय आर्टिलरीले ९ हजार गोली फायरिङ गरेको थियो । यो आफैंमा कीर्तिमान हो ।

यो युद्धमा प्रतिदिन ३ सय तोपले ५ हजार गोला फायर गरेको थियो । भनिन्छ, दोस्रो विश्वयुद्धपछि पहिलो पटक यति धेरै गोलीबारी भएको थियो ।

car-geel1

भारतीय वायुसेनाले अपरेशन सफेद सागरअन्तर्गत कारगिल युद्धमा जम्मा ६ हजार ५ सय उडान गरेको थियो । जसमा युद्धक विमान, परिवहन विमान, हेलिकोप्टर र इन्टरसेप्टर प्लेन प्रयोग भएका थिए ।

यो युद्धमा भारतीय वायुसेनाको लडाकू विमानले १२ सय उडान भरेको थियो । जसमा ५५० उडानमा विमानले बमवर्षा गरेको थियो ।

यस क्रममा भारतीय सेनाको मिग–२१, मिग–२३, मिग २५, मिग २७, मिग २९, जगुआर, मिराज–२०००, र एमआई–१७ हेलिकोप्टरको प्रयोग गरिएको थियो ।

car-geel3

युद्धका क्रममा वायुसेनाले ६ हजार ५ सय टन गोलाबारुद, पानी र अन्य बन्दोबस्तीका सामग्री ढुवानी गरेको थियो । यसमा २५ प्रतिशत उडान वायुसेनाको पश्चिमी कमानले गरेको थियो ।

भारतीय नौसेनाको पश्चिमी कमानले अरब सागरमा पाकिस्तानलाई मजबुत रुपमा घेराबन्दी गरेको थियो ।

यस क्रममा कुनै पनि पाकिस्तानी जहाजले आफ्नो समुद्री सीमा पार गर्न सकेको थिएन । पाकिस्तानको कराची, ग्वादरलगायतका कयौं पोर्ट युद्धका क्रममा खाली भएका थिए ।

car-geel5