धरान  / अष्ट्रेलियाको कुमामा आज भएको कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुने ती विद्यार्थीको पहिचान भने हुन सकेको छैन् । घट्नामा तनि जना घाइते भएका छन् ।

तिब्र गतीमा कार गुडाउदा दुर्घटना भएको नेपाली दूतावास अष्ट्रेलियाका कार्यावाहक राजदूत दुर्पदा सापकोटाले जानकारी दिइन । गुडिरहेको कारको अगाडि अकस्मात कँगारु आउँदा बचाउने क्रममा अनियन्त्रित हुन गई दुर्घटना भएको बताइएको छ । दुर्घटनामा परेका विद्यार्थीहरु सिड्नीमा अध्ययनरत रहेको समेत बताइएको छ ।

उक्त कारमा पाँच जना सवार रहेको अक्ष्ट्रेलियास्थित एवीसी न्युज एजेन्सीले जनाएको छ । दुर्घटनामा एक महिला र पुरुष परेको बताइएको छ । घाइतेको कुमा अस्पतालमा उपचार भइरहेको छ । उनीहरु विदा मनाउन साथीहरुसँग मिलेर हिडेको अवस्थामा दुर्घटना भएको बताइएको छ ।