बीबीसी / भारतकी पूर्व विदेश मन्त्री तथा भारतीय जनता पार्टीकी वरिष्ठ नेत्री सुषमा स्वराजको निधन भएको छ। उनलाई मङ्गलबार साँझ दिल्लीस्थित एम्स् अस्पतामा भर्ना गरिएको थियो। उनी ६७ वर्षकी थिइन्।

स्वराजको निधन कार्डिएक अरेस्टका कारण भएको बताइएको छ। त्यसपछि उनलाई अस्पताल लगिए पनि बचाउन नसकिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। कार्डिएक अरेस्ट भएपछि मानिसको मुटुमा इलेक्ट्रोनिक गडबडी हुने र त्यसैकारण मुटुको धडकनको तालमेल बिग्रिने जानकारहरू बताउँछन्। २५ वर्षको उमेरदेखि राजनीतिक यात्रा थालेकी स्वराजका राजनीतिक गुरु चाहिँ वरिष्ठ भाजपा नेता लाल कृष्ण आडवाणी थिए।

उनको अन्तिम संस्कार वुधवार दिल्लीमा राजकीय सम्मानका साथ हुने कार्यक्रम छ। गत वर्ष उनले सन् २०१९ को चुनाव नलड्ने घोषणा गरेकी थिइन्। उनले त्यस्तो घोषणा गरेपछि उनका पति तथा पूर्व राज्यपाल कौशलले भनेका थिए, ूएउटा समय आएपछि मिल्खा सिंहले पनि दौडन बन्द गरेका थिए। यिनी त विगत ४१ वर्षदेखि चुनाव लड्दै आइरहेकी छन्।