साउन २२ लिम्बुवान बन्दको सार्थकता !

alt
  • श्रावण २२, २०७६
  • ३५५ पटक पढिएको
  • अक्कलबहादुर मेन्याङ्बो

विषय प्रवेश :
वि.स. २०४६ को जनआन्दोलनले नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टीहरूलाई पुनर्जन्म दिलायो । यही बेला ब्राह्मणवाद र सामान्तवादको विरोध गर्ने अर्को राजनीतिक दल तथा राष्ट्रिय जनमुक्ति पार्टी नेपालको राजनीतिमा देखा पर्यो । आदिवासी जनजाति र गरिब नेपालीहरूको राजनीतिमा प्रत्यक्ष रूपमा प्रतिनिधित्व गर्ने हेतुले उदय भएको पार्टीको अध्यक्षतामा एम. एस. थापा, अटल राई र खपाङ्गी जस्ता नेताहरू अगुवाको रूपमा देखा परे । उक्त पार्टी नै नेपाली राजनीतिमा समानुपातिक समावेशीको आवाज उठाएको थिए सँगसँगै स्वायत्तताकोपनि ।

उक्त पार्टीको घोषणा पत्रलाई ने.क.पा. माओवादीले अगाडि बढायो । त्यसबाट माओवादीले ठूलो राजीतिक लाभ लियो । दुर्भाग्यवश नेपालीहरूको मन जित्न सफल भएन राष्ट्रिय जनमुक्ति पार्टी । अहिले दुविधाको सँघारमा उभिएको छ । नेपालको राजनीतिकमा राजतन्त्र र त्यसपछिका प्रजातान्त्रिक समूह समेतले लिम्बूहरूलाई पहिचान विहीन बनाउन लागि परेका छन् । त्यसको मूल कारक वि.स. १८३१/४/२२ को सन्धिलाई आधार मानी विगत १० वर्षदेखि उक्त पार्टीले श्रावण २२ लाई कालो दिवस तथा धोका भनेर लिम्बुवान बन्दको आह्वान गरिरहेको छ त्यसअनुसार यस पटक पनि श्रावण २२ अर्थात् बिहीबारको दिन पनि लिम्बुवान बन्दको आह्वान गरेको छ ।

वि.स.१८३१/४/२२ को सन्धिमा के थियो लिम्बुवान बन्द गर्नु पर्ने ?
यही धरान विजयपुर दरबार परिसरमा १८३१/४/२२ मा भएको सन्धिपत्रमा १० लिम्बूहरूको प्रतिनिधित्व गर्दै सन्धिमा हस्ताक्षर गर्न श्री सुन राय, श्री जङ्ग राय र श्री कुम रायहरू विजयपुर दरबारमा आएका थिए । गोर्खाका राजा पृथ्वीनारायण शाहको प्रतिनिधिको रूपमा जनरल अभिमान सिंह बस्नेत मगर उपस्थित थिए । ती दुई पक्षका बीच २ दिन सम्म गहन र गम्भीर रूपमा भएको छलफल भएपछि उक्त ऐतिहासिक सन्धिमा हस्ताक्षर भएको थियो । उक्त लिखित सन्धिको मूल बुँदाहरूमा सर्वप्रथम चैनपुरको युद्ध भूमिमा लडी रहेका राजा जयकर्ण राय र गोर्खा फौजका सेनानायक रामभद्र मगर बीच लामो छलफलपछि लडार्इं रोकने सहमती भयो ।

लिम्बूहरू र गोर्खा राज्यवंश एकै वंश भएको कारण दाजुभाइका बीच युद्ध गर्न नहुने समझदारी भयो । समझदारी अनुसार लिम्बूहरूले गोर्खाका राजालाई दाजु मान्ने र उनले पनि लिम्बूहरूलाई कुल भाइ मान्ने शर्तमा सन्धि गर्ने र उनीहरूले गोर्खाको राजालाई महाराजा मान्ने शर्त अनुसार विजयपुर मोरङ्गको राजधानीमा आई सन्धिमा हस्ताक्षर गर्ने निर्णय गरे । अर्को बूँदामा काठमाडांै दरबारलाई फौजी आवश्यकता परे अफूसित भएको फौज हतियार सहित दरबारमा हाजिर हुने र युद्ध समाप्त भएपछि आ–आफ्नो राज्यमा फर्कने । त्यसवापत् उनीहरूले तलब नपाउने र उनीहरू शाहवंशको कुल भाइ भएको कारण गोर्खा फौजमा भर्ती हुन नपर्ने । सन्धि अनुसार उनीहरूले गोर्खा दरबारलाई कुनै तिरो तिर्नु नपर्ने सन्धिमा उल्लेखित थियो । तर, राज्य पक्षबाट वि.सं. १८४० बाट उक्त ऐतिहासिक सन्धिलाई सुस्त सुस्त रूपमा उल्लङ्घन गर्न थालियो ।

राजा पृथ्वीनारायण शाह गोर्खाका राजा बन्दा भारतमा अङ्ग्रेजको चलखेल
सन् १७४९ मा पृथ्वी नारायाण शाह गोर्खाका राजा बन्दा भारतवर्षमा मुगल बादशाहको शासन पतन हुन थालेको थियो । अङ्ग्रेजले सन् १७४८ मा मद्रास नजिकका पाण्डीचेरी फ्रान्सको हातबाट खोस । सन् १७४९ मा नै कर्नाटकको लडाईंमा देवीकोटा जिते अङ्ग्रेजले । सन् १७५१ मा सेनापति रोबर्ट क्लाइभको नेतृत्वले फ्रान्ससित भएको लडाईंमा सेनालाई पराजित गरे । सन् १७५२ मा क्लाइभले कर्नाटकमा भएको अर्को युद्धमा त्यहाँ स्थित फ्रान्स ग्यारिसन कब्जा गरी फ्रान्सलाई विस्थापित गरे । सन् १७५३ अङ्ग्रेज फौजले कर्नाटकको अर्को युद्धमा फ्रान्स र मराठी सम्मिलित फौजलाई नराम्रोसित हराए । सन् १७५४ मा नबाब हैदर अली र क्लाइभ बीच घमासान लडाईं भएको थियो । त्यसपछि लर्ड पदबाट सम्मानित भइसकेका लर्ड क्लाइभ ५००० गोरा फौज लिएर बङ्गाल तिर प्रस्थान गरे । कारण थियो बङ्गालका नबाब सुरजाह दोल्लाहले कलकत्तामा अवस्थित अङ्ग्रेज किल्लामाथि आक्रमण गरी त्यहा रहेका अङ्ग्रेज फौज र त्यहाँ बसोबास गर्ने १४६ महिला तथा बालबालिकाहरूलाई ३० जनामात्र अटाउने कोठामा थुनेर राख्दा सबै निस्सासिएर मरे ।

त्यसको प्रतिशोध लिन र उक्त किल्ला वा फोर्टलाई पुनः कब्जा गर्न र नवाब सुरजाहसित प्रतिशोध लिन उनी कलकत्ता आइपुगे । युद्ध गर्दागर्दा अनुभव प्राप्त गरिसकेका लर्ड क्लाइभले नवाबको ६० हजार फौजसित उनीसित भएका ५००० अङ्ग्रेजी फौजले जुन २३, १७५७ मा एबिककथको रणभूमिमा उतारे । दिन नढल्दै दुई फौज बीच भएको घमासान युद्धको परिणाम लर्ड क्लाइभको पक्षमा गयो । नबाबको फौज तितर बितर भयो र नवाबसमेत युद्धभूमि छोडी भागे । सन् १७६३ सेप्टेम्बरमा मुर्सीदाबादमा भएको दोस्रो युद्धमा पनि नबाव सुरजाह दोल्लाह पराजित भए, उनी युद्धमा मारिए । व्यापार गर्न भारतवर्ष आएका अङ्ग्रेजको १४३ वर्षको सबैभन्दा ठूलो उपलब्धि थियो सन् १७६३ को युद्ध । त्यसपछि भने अङ्ग्रेजहरूले पछि फर्कि हेर्नु परेन । सन् १७४९ मा राजा भएको पृथ्वीनारायण शाह त्यस घटनाक्रमबाट अनभिज्ञ थिएनन् ।

उनी कयौं पटक दर्शनार्थीको रूपमा बनारस पुगेको र त्यहँबाट गोप्य रूपमा हातहतियार समेत खरिद गर्थे र त्यहाँको गतीविधि बुझ्ने गर्थे । मुगल बादशाह अकबरले त्यहाँ भएका करिब ७०० राजा, महाराजाहरू तथा रजौटाहरूलाई कसरी आफ्नो पक्षमा पार्थे त्यो नीति अङ्ग्रेजहरूले पनि सिकेका थिए । अङ्ग्रेजहरूको शासनकालमा त्यहाँ ६०० जति राजा, महाराजा तथा रजौटाहरू थिए । उनीहरूलाई पनि अङ्ग्रेजहरूले अकबरले प्रयोग गरेको नीति तथा कुटनीतिक चाललाई आत्मासात गरे । त्यसलाई राजा पृथ्वीनारायण शाहले पनि गोर्खा राज्य विस्तार गर्ने क्रममा कुटनीतिक चाल, लोभ, डर, धम्की र फुट परक नीति प्रयोग गरेका थिए । त्यसबाट लिम्बूहरू पनि उनका शिकार भए ।

पृथ्वीनारायण शाहको रणनीति यक्थुम्बाहरूलाई फुटउने
उनी राजा भएका २५ वर्षभित्रै काठमाडौंका मल्ल राजाहरूले विजयपुर मोरङ्गका महाराजालाई सान मक्वान सम्राटहरूका वंशज हुन् भनेको उनले सुनेका थिए । उनीहरूकै सहयोगमा विजयपुर मोरङ्ग सम्राज्य पनि लामो समयसम्म टिकेको थाहा पाएका थिए । उनले कामदत्त सेनलाई विजयपुरका महाराजा बन्नुभन्दा अगाडिदेखि नै चिनेका थिए । वि.सं.१८२६ मा उनको हत्या गरी बुद्धिकर्ण राय खेवा महाराजा बनेकामा उनी खुश थिएनन् । त्यस्तै पहाडका राजा जमुन राय, कुम राय र जङ्ग रायहरूको पनि चित्त बुझेको थिएन । त्यो पनि राजा पृथ्वीनारायण शाहलाई जानकारी थियो । ती माथिका राजाहरूलाई अन्य राजाहरूसित फुट ल्याउन ३० वैशाख १८३१ मा लालमोहर प्रदान गरे । तर चैनपुरका राजा जयकर्ण रायसमेत ती तीन राजाहरूले गोर्खा राजासित गरेको सम्झौता नमान्ने भएपछि गोर्खा फौजले चैनपुरमाथि आक्रमण ग¥यो । करिब ४ महिनासम्म गोर्खा फौज र जयकर्ण रायको फौज बीच घमासान युद्ध भएपछि पनि युद्धको परिणाम नदेखेपछि गोर्खा फौजका सेनापति रामभक्त मगरले निकालेको उपाय नै गोर्खा फौज र लिम्बू फौज बीच सन्धिको आधार बन्यो । र दुवै पक्ष १८३१÷४÷२२ मा सन्धि गर्न विजयपुर दरबारमा झरे । त्यसभन्दा अगाडि पनि राजा पृथ्वीनारायण शाहले लिम्बुवानको इतिहासमा कतै नाम नभएका काखेराहाङ, चोत्साहाङ र थगेकहिमहाङहरूलाई वि.सं. १८१४ मा लालमोहर दिएका थिए तर त्यसबाट राजा पृथ्वीनारायण शाहले कुनै लाभ लिन सकेनन् ।

वि.सं. १८३१/४/२२ को सन्धिमा हस्ताक्षर भएको ३ महिनाभित्र याङवरकका राजा बाहेक सबै राजाहरू पालैपालो विजयपुर दरबार आई सन्धिमा सहि गरेपछि उक्त सन्धिलाई पृथ्वीनारायण शाह कहाँ पठाइयो । राजाले दरबारियाहरूको सल्लाह र उनको इच्छा अनुसार सन्धिमा केही परिमार्जन गरी सबै लिम्बूहरूलाई सम्बोधन गरी एउटै तामापत्र लालमोहर प्रदान गरेको थिए । उक्त तामापत्रमा लालमोहर यसरी उल्लेख गरिएको थियो । ‘हामीले खोसेमासे, पूजी ल्याएको देउताले हाम्रा राजभङ्ग गरोस् भनी पवित्र ताँमापत्र लालमोहर तसली मुलुकी लालमोहर बाँधी, लेखी कुल लिम्बू भाइलाई दियौँ’ । तर अफसोस २०६२÷६३ को जनआन्दोलन पछि च्याउसरह देखा परेका राष्ट्रिय जनमुक्ति पार्टी बाहेक अन्य लिम्बू दलहरूसमेतले १८३१÷४÷२२ मा भएको सन्धिको आधारमा स्वायत्तता लिम्बुवान राज्य पाउन वा हुन सक्ने भए पनि त्यसतर्फ लिम्बू राजनीतिक दलहरूले कुनै ध्यान दिएनन् । जोडदार सित १८३१÷४÷२२ को सन्धिले दिएको पूर्ण स्वायत्तता विषयमा वकालत गर्नुपथ्र्याे तर उनीहरू चुके । उनीहरूले बुभ्mनसक्नु पथ्र्याे १८३१÷४÷२२को सन्धि खारेज भएको छैन । खारेज भएको वा संशोधन गर्नु पर्दा लिम्बूहरूको पनि सहमति चाहिन्थ्यो तर आज सम्म त्यसो भएको वा गरिएको छैन । लिम्बूहरू पहिलो राजतन्त्रबाट र २०६२÷०६३ पछि नयाँ शासन पद्धतिबाट ठगिएका प्रति राष्ट्रिय जनमुक्ति पार्टीबाहेक अन्य पार्टी बोल्न सकेनन्, जनमुक्ति पार्टीका केन्द्रीय सचिव विष्णु थाङ्देन पार्टीको वकालत गर्छन् ।

राष्ट्रिय जनमुक्ति पार्टीभित्र खटपट पहिचानवादीहरूलाई चिन्ता
माथि नै उल्लेख भइसकेको छ नेपालका राजनीतिक दलहरूमध्ये राष्ट्रिय जनमुक्ति पार्र्टी मात्र यस्तो पार्टी हो जसले अन्य दलहरू विपरीत आदिवासीहरूको पक्षमा आजसम्म पनि पहिचानको विषय हास्े वा स्वायत्तताको विषयमा निरन्तर वकालत गरी आएको छ । यस्तो शुभचिन्तक पार्टी भित्र खटपट हुनु चिन्ताको विषय बन्नु स्वभाविक पनि हो । जानकारी भए अनुसार नेपाल सरकारले एक पक्षीय रूपमा आदिवासीहरूको आत्मनिर्णय र स्वायत्तताको मागलाई बेवास्ता गरी २०७२ मा नयाँ संविधान लागू गर्यो यसप्रति राष्ट्रिय जनमुक्ति पार्टीले उक्त संविधान बहिष्कार गर्ने निर्णय गरेको थियो । तर निर्वाचनताका पार्टीका नयाँ अध्यक्ष के.पी. पालुङवाले पार्टीले गरेको निर्णय विपरीत राष्ट्रिय निर्वाचनमा नयाँ संविधानलाई स्वीकार गर्दै पार्टीले निर्वाचनमा भाग लिन निर्णय गरेपछि राष्ट्रिय जनमुक्ति पार्टीभित्र ठूलो हङ्गामा तथा खटपटी मात्र मच्चिएन त्यसको विरोधमा धरान तथा सुनसरीका संस्थापक सदस्य, वरिष्ठ तथा विशिष्ट सदस्यहरू र पदाधिकारीहरू र साधारण सदस्यहरूको ठूलै सङ्ख्याले पार्टी परित्याग गरे । हाल धरान तथा सुनसरीको लागि मृदुभाषी पार्टीप्रति सदा बफादार शिक्षित केन्द्रीय सचिव विष्णु थाङदेन एक्लै भए पनि पार्टीलाई उही उचाइमा पु¥याउन सशक्त रूपमा लागि परेका छन् । उनै थाङदेनले ‘अगामी २२ श्रावणमा हुने लिम्बुवान बन्दको सार्थकता पुष्टि गर्दै बन्दबाट दिक्क भइसकेका सबैसित बन्द सफल पार्न सहयोग गरिदिन अपिल गर्दछु’ भनेका छन् ।

तेस्रो शक्ति निर्माण ...

विषय प्रवेश नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँगै सत्ताम ...

प्रतिष्ठानको ४ लाख ८ ...

धरान / साउन ३१ गते नै चेकमा साइन गर्न अधिकार खोसिए ...

विराटनगरमा प्राकृतिक ...

रङ्गेली/ प्राकृतिक चिकित्सा पद्दतिबाट उपचार गर्ने उद्धे ...

सडक मर्मत नगरेको भन् ...

इटहरी/ पूर्व–पश्चिम राजमार्गका खाल्डाखुल्डी नपुरे ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved