सिरहा / प्रहरी संगठन विपरित काम गरेको भन्दै प्रदेश नं. २ प्रदेश प्रहरी कार्यालय जनकपुरले आर्थिक वर्ष २०७५÷७६ मा नियमविपरीत काम गरेका र संगठनलाई आँच आउने क्रियाकलाप गरेको भन्दै उनीहरुलाई कारवाही गरिएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
संगठनमा आर्थिक लेनदेन, अनैतिक सम्वन्ध, मादक पदार्थ सवेन , संगठनको निर्देशन पालना नगर्ने, प्रहरी नियमवाली विरुद्ध काम गर्नेलाई कारवाही गरेको प्रदेश नं.२ प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता ज्ञानकुमार महतोले बताए । संगठन विपरित काम गर्ने २ सय ८० जनालाई कार्वाही भएको उनले बताए ।
आर्थिक प्रलोभनमा परेको, आर्थिक अनुशासन भगं गरेको, आन्तरिक अनुशासन भगं गरेकाले कार्वाही गरेका हो । डिआईजी प्रधुम्नकुमार कार्कीका अनुशार संगठनमा गल्ती गर्नेलाई कारवाही र राम्रो काम गर्नेलाई पुरस्कार गर्ने अभियान नै चलाएको बताए ।
संगठन केही हद सम्म सुध्रदै गएको वताउँदै उनले संगठनमा आन्तरिक सुद्धिकरण चलीरहने वताए । यो चालु आर्थिक बर्षमा मात्र २ सय ५९ जना राम्रो काम गर्नेलाई पुरस्कृत गरिएको छ ।
प्रदेश २ का विभिन्न चौकी, इलाका, जिल्ला प्रहरी कार्यलयलगायतका ठाउँमा वस्दा आर्थिक चलखेल गरी घुस लिनुको साथै विभिन्न सामाजिक घट्नामा संलग्न रहेकाहरुलाई आन्तरिक सुद्धिकरण गरिएको डिआईजी काकीले बताए ।

प्रदेश २ का आठै जिल्लाबाट एक जना प्रहरी नायव उपरीक्षक, चार प्रहरी निरीक्षक, १७ प्रहरी नायव निरीक्षक, ३७ प्रहरी सहायक निरीक्षक, ६३ प्रहरी हवल्दार र १ सय ५७ प्रहरी जवान जना विभागीय कारबाहीमा परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै राम्रो काम गरेबापत् एक वरिष्ठ प्रहरी उपरीक्षक, पाँच प्रहरी उपरीक्षक, ११ प्रहरी नायव निरीक्षक, २० प्रहरी निरीक्षक, ३० प्रहरी नायव निरीक्षक, ३५ प्रहरी सहायक निरिक्षक, ६२ प्रहरी हवलदार, ९३ प्रहरी जवान र दुई प्रहरी कार्यालय सहयोगीलाई पुरस्कृत गरिएको प्रवक्ता महतोले बताए ।
प्रदेश २ मा विगतभन्दा अहिले विभागीय कारबाहीमा पर्नेको संख्या कम भएको भन्दै यस वर्ष प्रहरीको आचरणविपरीत काम गर्नेलाई नसिहत, चेतावनी, निलम्बन, ग्रेड रोक्का, पदोन्नति रोक्का, दर्जा घटुवा, चालचलन सम्बन्धी प्रतिकूल राय दिनेजस्ता कारबाही भएको उनले सुनाए ।