धरान/ बलिउड आइटम गर्ल राखी सावन्तले विहे गरेकी छन् । यो कुरा उनले बल्लमात्रै स्वीकारेकी छन् ।

उनका श्रीमान्को नाम रितेश हो । युरोपमा बस्दै आएकी उनी हाल श्रीमान्कै साथमा हनिमुनमा व्यस्त छिन् । स्पटबोयलाई दिएको अन्तर्वार्तामा उनले विहेको कुरा स्वीकार गर्दै २०२० मा आमा बन्ने सपना रहेको बताइन् ।

उनी हाल ४० वर्ष पुगिसकेकी छन् । उनी विहेलाई लिएर निकै उत्साहित बनेकी छन् । उनले आफूले बुझ्ने श्रीमान् प्राप्त गरेको बताएकी छन् । स्मरणीय चाहिँ रितेश उनका प्रशंसक हुन् ।