सुनसरी/ इटहरीस्थित स्कील क्याम्पसले होटल व्यवस्थापनमा अध्ययनरत विद्यार्थीहरूलाई दीक्षित गराएको छ । बुधबार प्रथम दीक्षान्त समारोहको आयोजना गरी विद्यार्थीहरूलाई दीक्षित गराएको हो ।

विद्यालयमा अध्ययनरत १ सय ७१ जना विद्यार्र्थीमध्ये पहिलो ब्याचका ३२ जना विद्यार्र्थीलाई सो अवसरमा दीक्षित गराइएको थियो । विगत तीन वर्षदेखि सञ्चालित स्कील क्याम्पसले होटल व्यवस्थापन सम्बन्धी विषयमा अध्ययन अध्यापन गराउँदै आएको छ ।

आगामी दिनहरूमा क्याम्पसले विश्वस्तरीय नयाँ प्रविधि भिœयाएर अझ बढी गुणस्तरीय शिक्षा प्रदान गर्ने उक्त क्याम्पसका सिईओ पृथ्वी राज पराजुलीले बताए । स्कील क्याम्पस नेपालको सीटीइभीट, एसीसीआइ नेपाल र अमेरिकन होटल लजिङ एजुकेशन इन्टीच्यूटबाट सम्बन्धन प्राप्त छ ।

क्याम्पसमा सञ्चालित होटल म्यानेजमेन्ट कोर्ष १८ महिने हो । डिप्लोमा इन होटल म्यानेजमेन्ट एक वर्षे कोर्ष हो । डिप्लोमा इन कुलिनरी आर्टस् ६ महिने लगायतका कोर्ष सञ्चालनमा रहेको क्याम्पसले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. बद्रीबिशाल पोखरेलले दीक्षित विद्यार्र्थीलाई आफूले सिकेका ज्ञान तथा सीपलाई भविष्यमा पेशामा परिणत गर्न सुझाव दिँदै आफ्नो काममा लगनशील भएर लागे भविष्यमा सफलता प्राप्त गर्न सकिने बताए । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राजु केसीले स्थानीय कलेजबाटै विद्यार्थी दीक्षित हुनु नयाँ विषय भए पनि यो गौरवको विषय भएको बताए ।