धरान  / धरान बास्केटवल संघको अयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा धरानमा संचालन भएको तेस्रो समर बास्केटवल ट्रेनिङ्ग क्याम्प विहिवार समापन भएको छ । बर्षे विदालाई लक्षित गरेर आयोजना गरिएको क्याम्पमा २ कक्षादेखि १२ कक्षा सम्मका एक सय १७ जना विद्यार्थीहरुले सहभागिता जनाएको बास्केटवलका मुख्य प्रशिक्षक विकाश चाम्लिङ राईले जानकारी दिए ।
२१ हप्ते क्याम्पमा बास्केटवलको आधारभूत सिपहरु सिकाइएको थियो । समापनमा प्रमुख अतिथि धरान उपमहानगरपालिका कार्यवाहक प्रमुख मन्जु भण्डारीले प्रमाण पत्र वितरण गरिन । समापन कार्यक्रममा समर क्याम्पमा सहभागि मध्येवाट उत्कृष्ट उदयीमान महिला र पुरुष खेलाडीहरुलाई पुरस्कृत गरिएको थियो । महिला तर्फ निसा राई र पुरुष तर्पm गगन राई उदयीमान खेलाडी घोषित भए । निसा राईलाई हिमाल कलेक्सनका तर्फवाट एक थान स्पोर्टस सुज र गगन राईलाई हाम्रो कलेक्सनको तर्फवाट एक थान बास्केटवल प्रदान गरिएको थियो ।
नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामाको अध्यक्षतामा संपन्न कार्यक्रममा, सुनसरी बास्केटवल संघ अध्यक्ष नारायण सुवेदी, नगर खेलकुद विकास समिति अध्यक्ष सुवास राई, एम्स ऐेकेडेमिका अध्यक्ष प्रकास राई, पूर्व राखेप सदस्य विजय राई लगायतको उपस्थिति रहेको थियो ।

IMG_9001