धरान/ विद्यालयहरू बिदा भएको मौकामा धरानको पुरानो डान्स सेण्टर गरिमा डान्स सेण्टरले एक महिने डान्स समर क्याम्प सञ्चालन गरेर नृत्यबारे विद्यार्थीहरूलाई आधारभूत ज्ञान दिलाएको छ ।

सेण्टरले नृत्यसँगै बोल्ने कला, क्याट वक, मञ्चीय प्रस्तुतिलगायत विषयमासमेत बालबालिकाहरूलाई सीप सिकाएको छ ।

चार हप्ते नृत्य प्रशिक्षण कक्षाको शनिबार एक कार्यक्रम गरी समापनसमेत गरेको छ । समापन कार्यक्रममा समर क्याम्पमा सहभागी ५३ जना बालबालिकाहरूको नृत्य, क्याट वक र उद्घोषण कला प्रदर्शन गरिएको थियो । छोटो समयको प्रशिक्षणबाट सिकेको सीपलाई बालबालिकाहरूले अभिभाकहरूको उपस्थितिमा मञ्चमा प्रस्तुत गरेका थिए ।

समर क्याम्पमा सञ्जु राई, अञ्जु राई, मनिता राईलगायतले प्रशिक्षण दिएका थिए । समापनका अवसरमा प्रमुख अतिथि समाजसेवी नैनकला न्यौपानेले सहभागीहरूलाई प्रमाण–पत्र प्रदान गरिन् ।

IMG20190810144858