विराटनगर / प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले इस्लाम धर्मावलम्बीको महान् पर्व इद–उल–अजहा(बकर इद) सम्पूर्ण इस्लाम धर्मावलम्बीमा शुभकामना व्यक्त गरेका छन् ।

इदका अवसरमा सोमबार शुभकामना दिँदै उनले यस पर्वले सम्पूर्ण नेपाली जनसमुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्यसँगै एक आपसमा भाइचाराको सन्देश देवस भन्ने कामना गरेका छन् ।
‘विविध जातजाति, भाषाभाषी, धर्म संस्कृतिभित्रको एकता नै नेपाल र नेपाली जनताको पहिचान र विशेषता भएकाले एकताm भाइचारा, मित्रवत व्यवहारसँगै धार्मिक सहिष्णुताको चेतनाका लागि नेपाली समाज अव्वल रहेको छ ।’–सन्देशमा भनिएको छ ।
उनले यस बर्ष हज गर्न साउदी अरबको मक्का–मदिनामा गएका पन्ध्र सय नेपाली हाजीहरुलाई समेत शुभकामना व्यक्त गरेका छन् ।
आज प्रदेश १ का मस्लिमहरुका लागि सार्वजनिक विदा दिइएको छ । केही नगरपालिकार गाउपालिकाहरुले सार्वजनिक विदा नै दिएका छन् भने प्रदेश २ सरकारले भने सार्वजनिक विदाको घोषणा गरेको थियो ।