बलिउड फिल्म बाहुबलीका सुपरस्टार प्रभासको एक्सन थ्रिलर फिल्म ‘साहो’ को ट्रेलर रिलिज भएको छ । फिल्ममा प्रभास एक गुप्तचरको भूमिकामा छन् ।

‘बाहुबली २’ रिलिज भएको २ वर्षपछि प्रभास ‘साहो’ मार्फत् दर्शकमाझ आउँदैछन् । ‘साहो’ अगष्ट ३० मा रिलज हुँदैछ । फिल्मलाई तमिल, तेलुगू र हिन्दी भाषामा रिलिज गरिनेछ । फिल्ममा श्रद्धा कपूर, अमृता नैयर, जैकी श्राफ, चण्डी पाण्डे, महेश माँजरेकर, नील नितिन मुकेश विलेन्सलगायतका कलाकारको भूमिका छ ।

फिल्म करिब ३ सय करोड लगानीमा निर्माण टिमले बताएको छ । प्रभासले आफ्नो अर्को फिल्मको सुटिङ शुरु गरिसकेका छन् । फिल्मको निर्देशन राधा कृष्णाले गरिरहेका छन् ।