धरान /  रोट्रयाक क्लव अफ धरान घोपाले पिण्डेश्वर वावाधाममा जल चढाउन आएका भक्तजनहरुको निशुल्क स्वास्थ्य परीक्षण गरी औषधी वितरण गरेको छ । रोट्रयाक्टले तीन सयको स्वास्थ्य परीक्षण गरेर आवश्यकता अनुसार निशुल्क औषधी वितरण गरेको रोट्रयाक्ट अध्यक्ष दिपेन्द्रप्रसाद यादवले बताए ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमविविएस तेश्रो बर्ष अध्ययरत चिकित्साशास्त्रका विद्यार्थीको समुहले संयोजन गरेको स्वास्थ्य शिविरमा करिव ३ सय जनाको निशुल्क स्वास्थ्य सेवा प्रदान गरेका थिए ।
निशुल्क शिविरमा डा अनुज तुम्बाहाम्फे, डा मनोज राजवंशी, डा रजत चौधरी, डा आयुस श्रेष्ठ, डा एडेन काफ्ले, डा कृष्ण घिमिरे, डा कृष्णचन्द्र मण्डललगयातले पिण्डेश्वर शिवालयमा जल चढाउन आउनेहरुको स्वास्थ्य परीक्षण गरेका थिए । चोटपटक लागेका, रिङ्गटा लागेका, वान्ता गर्ने, पेट दुख्ने देखि टिटानसको खोप पनि दिएका थिए । आइतबार अपरन्ह ४ बजेदेखि सोमबार विहान १० बजेसम्म राती पनि सेवा दिएको सचिव रोक्ट्रयाक्टर ओव्जन रावलले बताए । रोट्रयाक्टले यसअघि धरानमा फैलिएको डेंगु भाइरसबारे जनचेतनामुलक डकुमेन्ट्री बनाएर प्रचार गरेका थिए ।