श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ श्रावण ३० गते बिहीबार, १५ अगष्ट २०१९ । श्रावण शुक्लपक्षको पूर्णिमा तिथि १६ः२८ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र श्रवण ८ः०० बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमाराशि मकर, सूर्योदय ५ः३४ र सूर्यास्त ६ः४० बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । धर्म–कर्म तथा समाज सेवामा मन लाग्नेछ । नया“ कार्य व्यवसायको शुभारम्भ हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मनोरञ्जनात्मक कार्यक्रमममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित भेटघाट हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आभूषण प्राप्त हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना हुनेछ । अतिथि सेवा सत्कार गर्ने अवसर मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय सामान्यखालको छ । कार्य व्यवसायमा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका नहोला भन्न सकिन्न ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का–पट्टा तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । व्यर्थै झन्झटमा फसिएला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नया“ काम वा रोजगारको अवसर मिल्नेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । रमणीय स्थानको भ्रमण हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफन्तजनबाट विशेष सहयोग मिल्ला । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । मन प्रसन्न रहला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेटघाट हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
वैदेशिक क्षेत्रको काममा सफलता मिल्ला । नयाँ तथा रमणीय स्थानको भ्रमण हुनेछ । मन प्रसन्न रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । शुभसमाचार सुन्न पाइएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । धर्म–कर्म तथा समाज सेवामा मन जानेछ । राजनैतिक क्षेत्रमा विशेष स्थान मिल्ला ।