विराटनगर /  नेपाल घुम्न आएको पर्यटकसँग अवैध लागूऔषध ‘खैरो हिरोइन’ रहेको फेला परेको छ । प्रहरीले विराटनगर महानगरपालिका १३ स्थित बिराटनगर आँखा अस्पताल अगाडीबाट अवैध लागूऔषध खैरो हिराइनसहित नेपाल घुम्न आएका दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेपछि यस्तो खुलेको हो ।
उनीहरु अवैध लागूऔषध बोकेर नेपाल घुम्न आएको प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ ।
एक नम्बर प्रदेश व्युरो विराटनगर तथा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारत अररिया जिल्ला जोगवनी नगर पञ्चायत वडा नं. १७ बस्ने बर्ष १९ को मोहम्मद अल्फाज र सोही ठाउँ बस्ने १९ वर्षीय मोहम्मद समिरको साथबाट अवैध लागु औषध खैरो हिरोईन सहित बिहीबार पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी राजकुमार खिउँजुले जानकारी दिए ।
पक्राउ परेका दुई जना भारतीय नागरिक नेपाल घुम्न आएको खुलेको उनले बताए । ‘प्रदेशको १ पर्यटकीय गन्तब्य रहेको ठाउँमा घुम्न प्याकेज बनाएर आएको रहेछन्,’–उनले भने,–‘उनीहरूको साथबाट प्रतिबन्ध लगाएको अवैध लागूऔषध खैरो हेरोइन फेला प¥यो ।’ पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको मोरगं प्रहरीका प्रवक्ता डिएपी खिउँजुले बताए । सामान चेकजाँच गर्ने क्रममा अवैध लागूऔषध फेला पारेको उनले बताए । ‘प्रहरीले नियमित रूपमा चेक गर्दै आएको थियो,’ उनले भने, ‘शंका लागेर चेक गर्ने क्रममा लागूऔषध फेला परेको हो ।’
पक्राउ परेका दुवै जना भारतीय नागरिकलाई लागूऔषध अन्तर्गत मुद्दा चलाउने प्रहरीले जनाएको छ । बिहीबार सार्वजानिक विदा परेकोले शुक्रबार अदालतमा मुद्दा चलाउने भएको हो ।
प्रहरीले यस अघि पनि गत शनिबार खैरो हेरोइनसहित नेपाली सेनाका मेजर अजित प्रताभ सिंहलाई पक्राउ गरेको थियो । पूर्व पृतना इटहरीमा कार्यरत उनलाई सेनाको ब्यारेक अगाडीबाट प्रदेश १ को लागूऔषध ब्यूरो टोलीले खैरो हेरोइन बरामद गरेको थियो । पक्राउ परेका मेजरको साथबाट १ ग्राम ३ सय मिलिग्राम खैरो हेराइन बरामद गरेको थियो ।
खैरो हेराइन तस्करी गर्नेहरुले तेस्रो मुलकबाट आयत गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेके छ । प्रहरीले यस अघि पक्राउ परेको खैरो हेराइन थाइलेन्डबाट आयत तस्करहरुको सन्जालले नेपाल भित्राउने गरेको खुलेको थियो ।
जानकारहरुका अनुसार १ ग्रामको ७ हजार देखि १० हजार रुँपैयाँसम्म तस्करहरुले नेपालमा ल्याएर विक्री गर्ने गरेका छन् । नेपाल ल्याइपु¥याउँदा महंगो मुल्यमा खैरो हेराइन विक्री हुने भएकोले तस्करहरुले यस्तो धन्दामा लाग्ने गरेको प्रहरीका अधिकारीहरुको भनाई छ ।