श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ श्रावण ३१ गते शुक्रबार, १६ अगष्ट २०१९ । भाद्र कृष्णपक्षको प्रतिपदा तिथि १८ः२० बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र धनिष्ठा १०ः२४, उप्रान्त शतभिषा । चन्द्रमाराशि कुम्भ, सूर्योदय ५ः३५ र सूर्यास्त ६ः४० बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । नयाँ तथा रमणीय स्थानको भ्रमण गर्ने सुखद् अवसर मिल्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रको काममा सफलता मिल्ला । मित्र मिलनको योग छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । रमाइलो ठाउ“को भ्रमण होेला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित रमाइलो भेटघाट होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । अनावश्यक काममा फसिएला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा नयाँ सदस्यको आगमन होला । रमाइलोमा दिन बित्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धर्म–कर्म तथा समाज सेवामा मन लाग्नेछ । नयाँ तथा रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । मनमा द्विविधा उत्पन्न होला । बन्न लागेको काममा बिघ्न बाधा आइपर्न सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धन आर्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विद्या र बुद्धिको विकास होला । सामाजिक कार्यमा सक्रिय भइएला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय मध्यम्खालको छ । अधिकार प्राप्तिका लागि निकै सङ्घर्ष गर्नुपर्ला । विश्वासपात्रबाट धोका हुनसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न बन्नेछ । कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । मिष्ठान्न भोजन प्राप्त होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । राजनैतिक क्षेत्रमा तपाईंको उच्च स्थान रहला ।