पोर्नस्टारबाट बलिउड अभिनेत्री बनेकी सनी लियोनीले सफलता कमाइरहेकी छन् ।

अहिले सनीलाई भारतीयहरूले सबैभन्दा बढी खोजी गर्ने गरेका छन् । भारतमा अगष्ट २०१९ सम्म गरिएको गुगल सर्च सर्भेमा सनीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अभिनेता सलमान खान तथा शाहरुख खानभन्दा बढी खोजिएको पाइएको छ ।

गुगल सर्चमा सनी सबैभन्दा बढी खोजिएकी हुन् । गुगल ट्रेण्ड एनालिटिक्सका अनुसार सनीका भिडियोहरू सबैभन्दा बढी खोजिएको छ ।

गुगलमा सनीलाई सबैभन्दा बढी भारतको मणिपुर तथा आसाममा खोजिएको पाइएको छ । अघिल्लो वर्ष पनि भारतको सबैभन्दा बढी गुगलमा खोजिने व्यक्तिमा सनी नै पहिलो स्थानमा थिइन् । सनीले सलमान खानको शो बिग बोसमार्फत् टेलिभिजन हुँदै बलिउडसम्मको यात्रा तय गरेकी थिइन् तर अहिले उनै सलमानभन्दा बढी खोजिनेमा उनी परेकी छन् ।

सनीले हालै नेपाली फिल्म ‘पासवर्ड’ मा पनि आइटम डान्स गरेकी छन् । उनले हालै मात्र दुई बच्चालाई ग्रहण गरेकी छन् । यसबाहेक हालै उनको जीवनमा आधारित एउटा बायोपिक पनि रिलिज भएको छ, जसलाई दर्शकहरूले निकै मन पराएका छन् ।