धरान/नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को प्रदेश १ कमिटीको शुक्रबार सम्पन्न प्रथम अधिवेशनले अर्जुन जम्नेली राईलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

उदयपुरको गाईघाटमा सम्पन्न अधिवेशनले समितिको उपाध्यक्षमा फिपराज बेघा, भूमिका सुब्बा, महासचिवमा विदुर खवास, सचिवमा सन्देश सुब्बा, अस्परा समाल मगर र कोषाध्यक्षमा सुशान राई चयन भएका छन् । यसैगरी खुल्लातर्फ सदस्यहरूमा वीरबहादुर पापो, राजन साम्पाङ राई, प्रेम देवान, टङ्कलाल राई, भाष्कर चौधरी, महेन्द्र मादेन रहेका छन् । महिला सदस्यमा साहारा लिम्बू, मानवी तामाङ, विनादेवी तामाङ रहेका छन् । त्यस्तै संस्थागत सदस्यमा नवीन गुरुङ, प्रदीपकुमार चौधरी, चन्द्रकुमार राई, अतीत योङहाङ रहेका छन् ेभने अल्पसङ्ख्यक सदस्यमा विजय धिमाल निर्वाचित बनेका छन् ।

त्यस्तै लेखा समितिको संयोजक घनेन्द्र केरुङ, र सदस्यद्वय खगेन्द्रकुमार राई र ज्ञानु केदेम रहेका छन् । अनुशासन समितिका संयोजकमा निशान्तकुमार चौधरी रहेका छन् भने सदस्यमा जयराम मगर छन् । बिहीबारदेखि शुरु भएको अधिवेशनको बन्दसत्रका क्रममा तीन जना अध्यक्ष पदका लागि आकांक्षी देखिएका थिए । जसमा सुनसरीबाट जनकऋषि राई, मोरङबाट भक्तशेर लिम्बू रहेका थिए । सहमतिका आधारमा जनकऋषि र भक्तशेरले नाम फिर्ता लिएपछि राई अध्यक्षमा निर्वाचित बनेका हुन् ।