धरान/प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले धरानको केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारको अवलोकन गरेका छन् ।

सभामुख भण्डारी सोही क्याम्पसमा २०३३–३४ सालमा खाद्य प्रविधिमा आईटेक गरेका थिए । इतिवृतान्त कार्यक्रम अन्तर्गत क्याम्पसको भ्रमण गर्दै भौतिक संरचना, प्रयोगशाला, पुस्तकालय तथा अन्य कक्षा कोठाहरू अवलोकन गरे । उनी आफूले पढेको क्याम्पसमा भौतिक पूर्वाधारको अवस्था देखेर दङ्ग परेका थिए ।

भ्रमणपश्चात उनले प्रदेश सरकारले क्याम्पसका लागि आवश्यक सहयोग गर्न आफूले सक्दो भूमिका खेल्ने बताए । त्यसक्रममा क्याम्पस प्रमुख प्रा.डा. धनबहादुर कार्कीले क्याम्पसको अवलोकन गरेर पूर्वाधारमा सहयोग गर्ने बचनप्रति धन्यवाद प्रदान गरे ।