भद्रपुर । सशस्त्र प्रहरीले भद्रपुरबाट १ लाख रुपैयाँ मूल्य बराबरको कपडा बरामद गरेको छ । झापाको दक्षिणी क्षेत्र बनियानीबाट ना. ४ ख ३३४६ नम्बरको स्वयम्भू यात्रुवाहक बसमा बिर्तामोडतर्फ लगिरहेको सूचनाको आधारमा सामान बरामद गरिएको सशस्त्र प्रहरी बल गण नम्बर २ झापाले जनाएको छ ।

बरामद गरिएको सामान अरुण साहको रहेको प्रहरी स्रोतले जनाएको छ । शुक्रबार बिहान साढे ८ बजे झापा चोकमा सामान फेला परेको गणका डिएसपी दोर्णविक्रम साहले जनाए । बरामद गरिएका सामग्रीमा विभिन्न प्रकारका कपडा रहेको उनले जानकारी दिए । बरामद सामग्रीलाई मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको उनले बताए ।