मूर्तिले जोडेको सम्बन्ध

alt तस्बिर गुगलबाट
  • श्रावण ३२, २०७६
  • १३४ पटक पढिएको
  • ब्लाष्ट खबर

दमक । अगाडि एक हल गोरु नारिएको छ । गोरुगाडामा राखिएको बोरामाथि बसेर एक जना तराईमूलका मानिसजस्ता देखिने गाडा जोडले हाँकिरहेका छन् । अर्कोतिर भयङ्कर ठूलो हात्ती लम्किरहेको छ । हात्तीको नजिकै डाइनोसर ठूलो मुख बाएर हेरिरहेको छ । भित्र उफ्रिन लागेको भ्यागुतो र दौडन लागेको कङ्गारु ।

सिकारको लागि झम्टन लागेको सिंहको मूर्र्ति पनि छ । झापाको कमल गाउँपालिका–५ स्थित सीतापुरीमा रहेको गोल सिमल मूर्र्तिशालामा निर्माण सम्पन्न भएका बिम्ब, मूर्र्ति, प्रतीमा हेर्दा लाग्छ, कुनै भयङ्कर ठूलो जङ्गलभित्रका जङ्गली जनावरसँग नजिकबाट अचानक हाम्रो जम्काभेट भएको छ ।

यहाँ पाँचजना मूर्र्तिकारले निर्माण गरेका मूर्र्ति अहिले रमितलाग्दो अवस्थामा देखिएका छन् । दुई वर्षअघि मूर्र्तिकार भक्तिराम राई र अनिल कोइरालाले खोलेको मूर्र्तिशालामा अन्य दर्जनौं मूर्र्ति यत्रतत्र छन् । त्यति नै मात्रामा अरु मूर्तिहरू धमाधम निर्माण भइरहेका छन् । कोही कङ्गारुको शरीरको आकारलाई आकर्षक बनाउँदै छन् । कोही हात्तीको सँुड र दाह्रा लगाउँदै छन् । कोही भ्यागुताको शरीर जोड्दैछन् भने कोही माटो मुस्दैछन् ।

जसरी उनीहरू छुट्टाछुट्टै मूर्र्ति निर्माण गरिरहेका छन् । उनीहरूको ठेगाना र जातसमेत अलग–अलग छ । मूर्र्तिशालाका सञ्चालक राई भुटानमा जन्मिएका हुन् भने राम पण्डित उदयपुरका हुन् । यसैगरी चतुरलाल राजवंशी मोरङको बयरवनबाट आएका छन् । शशीकिरण पौडेल इटहरी निवासी हुन् र सुनसरीकै इनरुवाका जितनारायण चौधरीसमेत यो मूर्र्तिशालाका मूर्र्तिकार हुन् । मूर्र्तिशालाभित्र सबैको व्यस्ततामै निर्माण गरिएका मूर्र्तिलाई कसरी वास्तविक रूप दिन सकिन्छ भन्नेमा तल्लीन छन् ।

सबैलाई एउटै भाँडाको भात खाने र एउटै ओछ्यानमा सुत्ने सम्बन्ध जोडेको छ, मूर्र्ति बनाउने सीपले । सबैले औपचारिक शिक्षा हासिल नगरे पनि व्यवहारिक रूपमा काम गर्दागर्र्दै सिकेको सीपले अहिले व्यवसायिक सम्बन्ध बनाएको छ । यही मूर्र्तिशालामा निर्माण गरिएको फुलेको फूलकोपी (काउली) धनकुटाको सिँधुवा बजारमा राखिएको छ । रुद्राक्षको दानासमेत धनकुटामा नै राखिएको छ । मूर्र्तिकारहरू अहिले मानिसको भन्दा पनि धेरै आफ्नै वरिपरि पाइने जनावर, फलफूल, तरकारीलगायतको मूर्र्ति निर्माण गर्न थालेको मूर्र्तिशाला सञ्चालक भक्तिराम राई बताउँछन् । मानिसले पहिला अदृश्य देवताका काल्पनिक मूर्र्तिको माग गर्थे । भगवान् शिव र पार्वतीको मूर्र्ति हेर्ने हो भने प्रत्येक मूर्र्ति र तस्बिरमा फरक–फरक रूप देखिन्छ ।

मूर्र्तिकार भक्तिरामले भन्छन्, ‘राई, लिम्बू वा मङ्गोलियन मूर्र्तिकारले निर्माण गरेको पार्वतीको अनुहार मङ्गोलियन नै जस्तो हुन्छ भने क्षेत्री, बाहुन मूर्र्तिकारले निर्माण गरेको भगवान्को मूर्र्ति पनि क्षेत्री–बाहुनकै अनुहारसँग मिल्दोजुल्दो हुन्छ । यसरी फरक–फरक रूपमा भएका भगवान्को समेत फरक–फरक मूर्र्तिकारले कल्पना गरेका हुन्छन् । अहिले यो अवस्था परिवर्तन भएको छ ।’ मूर्र्तिकार राईले भने, ‘मानिसले अहिले मूर्र्तिमा पनि वास्तविकता हेर्न चाहन्छन् ।’ हात्तीको मूर्र्ति निर्माण गर्यो भने हात्तीको कति नजिक पुगेको छ भन्ने कुराले मूर्र्तिको महत्व रहन्छ ।

मानिसले अहिले आफ्नो क्षेत्रमा सबैभन्दा बढी उत्पादन हुने खाद्यान्न बाली तथा धेरै पाइने जनावर र परम्परा झल्काउने खालका मूर्र्तिको बढी माग भएको उनको अनुभव छ । दमक नगरपालिकाले कार्यालयपरिसरमै दमकका प्रथम नागरिक धिमाल जातिको सालिकसमेत निर्माण गरेको छ । बनाउँदा कुनै देवताको वा कुनै ठूला राजा–महाराजा र कविको मात्र सालिक निर्माण गरिन्थ्यो । तर अहिले मानिसको सोच बदलिएको छ । यहाँ निर्माण सम्पन्न भएको गोरुगाडा झापाको अर्जुनधारा नगरपालिकामा राख्न निर्माण गरिएको हो । यहाँको बजारमा पहिला मानिसहरूले गाडामा सुर्ती बेच्न ल्याउने गरेको इतिहासलाई स्मरण गर्र्दै यो सालिक राखिने भएको हो ।

निर्माण गर्नुअघि अध्ययन
यहाँ निर्माण भइरहेको हात्तीको मूर्र्ति निर्माण गर्न उनीहरू पाँचजनाको टोलीले सात दिनसम्म कोशीटप्पुमा बसेर हात्तीको अध्ययन गरेको थियो । यस्तै भ्यागुताको मूर्र्ति निर्माण गर्न पाँच दिनसम्म भ्यागुतोलाई कोठामा थुनेर अध्ययन गरे । यस बाहेकका नयाँ वस्तुको मूर्र्ति निर्माण गर्नका लागि भने युट्युवबाट अध्ययन गरिँदै आएको उनीहरूको भनाइ छ ।

भारतीय मूर्र्तिको चुनौती
नेपालमा कच्चापदार्थ नै महँगो हुन्छ । त्यसमा पनि भारतमा प्रविधिले गर्दा समेत सस्तो पर्न जा ने बताउँदै नेपालमा त्यही मूर्र्ति निर्माण गर्न महँगो पर्ने हुनाले श्रमको मूल्य पाउन अझै चुनौती रहेको भक्तिरामले बताए । राज्यले समेत नयाँ प्रविधि र अध्ययनको अवसर नदिँदा पुरानै शैलीबाट काम गर्नु परिरहेको उनल बताए ।
यहाँका मूर्ति ढुङ्गा, धातु र फाइवरबाट निर्माण गर्ने गरिएको छ । पछिल्लो समय सस्तो मूल्य पर्ने भएकाले मानिसले धातु र ढुङ्गाको मूर्र्ति कम बनाउने गरेका छन् । जसले गर्दा मूर्र्तिको आयुसमेत कम हुन्छ । आयु कम भएकाले आफ्नो सीपसमेत मर्ने चिन्ताले मूर्र्तिकारलाई पिरोल्ने गरेको छ ।

राजश्व छली गरेको आरो

  काठमाडाैं / राजश्व छली गरेको आरोपमा तीन व

झापामा जङ्गली च्याउ

  झापा / झापाको कमल गाउँपालिका–५ मा व

देश भरका स्वास्थ्य स

  काठमाडाैं / संविधान दिवसका अवसरमा सरकारी

आजदेखि ब्लाष्ट दैनिक

धरान / आजदेखि ब्लाष्ट टाइम्स दैनिक २५ वर्षमा प्रवेश गरे


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved