प्रकाश राई सुनसरी नेकपाको राजनीतिक वृतमा नचिनिएको नाम होइन । २०३५ सालदेखि पार्टीमा निरन्तर काम गरेका राई इमान, निष्ठाको राजनीति गर्ने भएका कारण कुनै पनि लाभको पद भागबण्डामा परेन ।

उनी भन्दा पछि राजनीति गरेका व्यक्तिहरु माथि पुगिसक्दा पनि उनी धराने कार्यकर्ताहरुमा प्रकाश छरेर निष्ठाको राजनीति गरिरहे । माथि पुगेका धेरै नेताहरु ‘पार्टीलाई हामीले बनाएका’ भनेर कुर्लिन्छन् । ‘पार्टीमा आफ्नो ठूलो योगदान छ’ भनेर प्रचार गर्छन् तर आफु ओझेलमा परेर अरुलाई प्रकाश दिने उनै प्रकाश राई भने ‘पार्टीले आफुलाई बनाएको’ तर्क गर्छन ।

उनी भन्छन्–पार्टीले मलाई योग्य बनाएको छ । त्याग, कतव्य र बलिदान सिकाएको छ, निष्ठा, इमान सिकाएको छ, अनि परिपक्क, नेतृत्व गर्न सक्ने बनाएको छ । त्यही भएर धरानेको नेतृत्वका लागि मेरा चर्चा भएको हुन सक्छ ।’ झण्डै ३ दशक भन्दा बढि फुलटाइमर पार्टीको सिपाई भएर काम गरेका तत्कालिन एमाले क्षेत्र नं. १ इञ्चार्ज तथा हाल सुनसरी नेकपा जिल्ला कमिटि सदस्य राईसँग मंसिर १४ काे उपनिर्वाचनबारे गरिएकाे कुराकानीकाे सारः