श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि.सं. २०७६ साल भाद्र १ गते आइतबार, १८ अगष्ट २०१९ । भाद्र कृष्णपक्षको तृतीया तिथि २२ः२२ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र पूर्वभाद्रपदा १५ः३५, उप्रान्त उत्तरभाद्रपदा । चन्द्रमाराशि कुम्भ, सूर्योदय ५ः३६ र सूर्यास्त ६ः३८ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । गन्यमान्य व्यक्तिसित भेट होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कार्य व्यवसायमा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका हुन सक्छ । काममा बाधा आइपर्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । माया–प्रेम सुमधुर रहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का–पट्टा तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । लाभदायी यात्रा होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । चोटपटक तथा दुर्घटनाको भय हुन सक्छ । सवारी साधनको प्रयोगमा सावधान हुनुहोला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धर्म–कर्म तथा समाजसेवामा मन जानेछ । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला  । शरीर अस्वस्थ रहला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय उत्तमखालको छ । नयाँ व्यवसाय वा कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीसित भेट होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेट होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मुद्दा–मामिलामा तपाईको विजय हुनेछ । नपत्याएका व्यक्तिबाट उचित सहयोग मिल्ला । लाभदायी यात्रा होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । माया–प्रेमको सम्बन्ध विस्तार होला ।