इटहरी/ तीन वर्ष अघि खाडी मुलुक छिरेका इटहरी २० तरहराका नवराज चौहान विदेशमा राम्रै कमाइ छोडेर नेपाल आए । उनी अहिले विदेशको मोह त्यागेर स्वदेशमै पनि केही गर्न सकिन्छ भन्ने भावानाले अहिले गाई पालनमा कम्मर कसेर लागि परेका छन् ।

कतारमा मासिक ५० हजार भन्दा बढी कमाउँथे । विदेशमा बसेर मात्रै केहि हुँदैन र स्वदेशमा नै बसेर केह गर्नुपर्छ भन्ने भावानाले चौहान विदेशमा पैसा कमाउन त्यागेर अहिले गाईपालनमा होमिएको बताउँछन् । उनी मात्र हैन विदेशमा बसेर आएका उनीसहित४ जना मिलेर इटहरी २० तरहरामा मनशान्त कृषि फर्म सञ्चालनमा ल्याएका हुन् ।

विदेशको मोह त्यागेर स्वदेशको मायाँमा नै लागें र आज स्वदेशमै केही गर्ने सोचका साथ गाईपालनमा लागेका छौँ, चौहान भन्छन् । करिब १ विगाह जग्गा भाडामा लिएर गाईफर्म शुरु गरेको उनी बताउँछन् । साथीहरूले पनि आफ्नै देशमा केहि गरौँ भन्न थाले । अहिले हामी मिलेर गाईफर्म शुरु गरेका छौँ, उनी भन्छन् । फर्म राम्रो हुन थाले पछि उनीहरू दङ्ग छन् ।

केही वर्ष विदेशमा बसेका आएका सुवास अधिकारी भन्छन् ,‘मलाई विदेशमा काम गर्ने मनै लागेन आफ्नै देशमा पसिना बगाऊँ जस्तो लाग्यो ।’ अहिले दैनिक लगभग ७० लिटर दूध बिक्री गर्ने गरेका छौँ । उनले भने दूध सानो डेरी खोलेर बेच्न शुरु गरेको अधिकारी बताउँछन् । हामी साथीहरू मिलेर गरेको व्यवसायले खुशी छाैँ उनी भन्छन् । मेरो सप्लासर्य पनि छ साथीहरूको पनि पसल छ तर हामीले प्रथामिकतामा फर्मलाई राखेका छौँ, अधिकारी भन्छन् ।

विदेश जाने युवाहरूलाई स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने भावाना जगाउन सकियो भने र एउटा राम्रो कृषि पेशा अगाँल्न सकियो भने विदेशमा गएर अर्काको गुलामी गर्न नपर्ने उनीहरू बताउँछन् । फर्मकै सञ्चालक मध्येका अर्का मणि काफ्ले भन्छ्न्, ‘अब कृषिमा लाग्ने हो मज्जाले जम्ने हो ।

अहिले ११ वटा जर्सी गाईबाट फर्म शुरु गरेको चाँडै २५ वटा पुर्याउँदै छौँ । आफ्नो गोठको गाईको दूध दोहेर घरकै डेरीमा खन्याएपछि उनीहरू अरूका घरघरमा दूध पु¥याइदिने कामसमेत गर्छन् । अर्का लगानीकर्ता गणेश लम्साललाई फेरि विदेशिने मनसायमा पनि छैनन् । राम्रो आम्दानी गरेर गाउँमै केही गर्ने सोच पालेका लम्साल भन्छन्, ‘लामो समय विदेशमा रहे पनि अपेक्षाकृत कमाइ नभएपछि फेरि गाउँ फर्किएर साथीहरू सँगको सहकार्यमा नयाँ व्यवसाय शुरु गरेका हौँ ।’

विदेशबाट आएका उनीहरू ४ जनासँगै तरहराकै सुदिप थापा र निश्चल न्यौपाने गरी ६ जना मिलेर खोलेको गाईफर्म मज्जाले चलेको छ । २० लाख लगानीबाट शुरु गरेको गाईफर्मलाई अरू लगानी थप्ने सोचमा रहेको उनीहरू बताउँछन् । उनीहरू जस्तै धेरै युवा विदेशिनुको सट्टा गाउँमै उद्यम गर्नतिर लाग्नु पर्छ । गाउँमै लगानी गर्नुपर्छ र गाउँमै काम गर्नुपर्छ । विशेष गरी युवाहरूले आर्कषण कृषि पेशामा देखिएको छ । अरूको देशमा दुख गर्नुको सट्टा आफ्नै देशमा केही उद्यम गर्नुपर्छ ।