धरान / धरान र इटहरमिा भएको छ्ट्टाछुट्टै दुर्घटनामा एक जनाको ज्यान गएको छ ।  भेडेटारबाट धरान आउँदै गरेको कार धरान ४ मा दुर्घटनामा हिजो साँझ दुर्घटना हुदा एक जनाको ज्यान गउको हो ।
धरान ४ स्थित कोशी लोकमार्गमा भडेटारबाट धरान तर्फ आउदै गरेको बा २० च ६६५० नं को कार अनियन्त्रित भई सडक बाट १ सय मिटर तल पल्टेको थियो ।

परिवार नै भेडेटार घुमेर आउदैं गर्दा दुर्घटना भएको थियो । धरान १५ का वीरहाङ लिम्बुको उपभारको क्रममा मृतयु भएको छिमेशी दिनेश राईले जानकारी दिए । घट्नामा गोरख बहादुर लिम्बु र प्रमीशा लिम्बु घाईते भएका छन् । उनीहरुको उपचार धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भईरहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ । वीरहाङ पूर्व व्रिटिस लाहुरे हुन ।

यता आज इटहरी २० पानिपिया स्थित कोशी लोकमार्गमा इटहरीबाट धरान तर्फ जादै गरेको को ३० प १८४९ न। को मोटरसाईकले बाटो क्रस गर्दै गरेकी पैदल यात्रीलाई ठक्कर दिएको छ ।

इटहरीकी ६१ बर्षिय कौसिला परियारलाई ठक्कर दिदा उनी घाइते भएकी प्रहरी चौकी तराहराले जनाएको छ । मोटरसाईकल चालक सुनसरी रानधुनी नगरपालिका २ का २९ बर्षिय नबिन चौधरी प्रहरीले नियन्त्रणमा लिएको छ ।