यासोक / सोमबार बिहान नै एक बालक झाडापखाला लागेर ज्यान गएको छ । पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर ५ का स्थानीय दुर्गा कटुवालका ४ वर्षीय छोरा सागर कटुवालको ज्यान गएको हो ।
आइतबार बेलुकाबाट झाडापखालाले ग्रस्त बनाएको बालकको उपचारको लागि परिवारले सोमबार बिहान मात्रै मोटरसाइकल खोजेर उपचारको लागि यासोक बजार लगेका थिए । तर अन्तिम अवस्थामा बालकलाई ल्याएकाले ज्यान जोगाउँन नसकिएको अहेव रोहन घिमिरेले जानकारी दिए । ‘शरिरमा पानीको मात्रा कम थियो । यो अवस्थामा बालकलाई बचाउँन धेरै ढिला भइसकेको थियो ।’– घिमिरेले भने । समयमै स्वास्थ्य संस्थामा उपचारका लागि नपु¥याउदा धेरैले अकालमै ज्यान गुमाउँनु परेको छ । गाउँघरमा धेरै जसो बालबालिका यसको शिकारमा पर्ने गरेका छन ।
पछिल्लो समय भाईरल ज्वारो र झाडा पखालाका बिरामीहरुको संख्या बढेको छ । स्वास्थ्य चौकी यासोकमा दैनिक ३ देखि ४ जना बिरामीहरु उपचारको लागि पुग्ने गरेको चौकीले जनाएको छ ।