बाँसघारीमा लगेर दुई घण्टा निर्घात कुटपिट

alt
  • भदौ २, २०७६
  • ७०१ पटक पढिएको
  • अनिल श्रेष्ठ

विराटनगर /  मोरङको बुढीगंगा गाउँपालिका – ४ पठियाटोलका एक किशोरलाई सोही ठाउँका चार जनाले दुई घण्टासम्म नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेको पीडितले बताएका छन् ।
बुढीगंगा–४ पठियाटोलका १७ वर्षीय मोहम्मद नउसाद मियाँ घरमै लुगा धोइरहेको बेला छिमेकी अफजल मियाँसहित चार जनाले बोलाएर कुटपिट गरेको हो ।
एक छिन काम छ भनेर हात्तीमुढास्थित मनमोहन पोलिटेक्निक कलेज आसपासको बाँसघारीमा लगेर गत विहीबार साँझ उनीमाथि कुटपिट भएको थियो । कुटपिट गरेको भिडियो पनि सार्वजनिक भएको छ ।
मोबाइल चोरीको आरोप लगाउँदै मियाँमाथि कुटपिट गरिएको बताइएको छ । नउसादमाथि बूढीगंगा–४ कै २२ वर्षीय सादीर मियाँ, २० वर्षीय अंसद मियाँ, १८ वर्षीय अफजल मियाँ र बूढीगंगा–५ का २१ वर्षीय आकिप मियाँले नियन्त्रणमा लिएर पेटी, लात्ता र मुक्काले दुई घण्टासम्मलगातार कुटपिट गरेको पीडितको भनाइ छ । घटनाको भिडियो पनि बाहिरिएको छ । घटनामा संलग्न मध्ये अफजल मियाँले भिडियो खिचेको र अन्य तीन जनाले कुटपिट पीडित नउसादले बताए ।
वडा अध्यक्षका छोराले बोलाएका छन् भन्दै घरैबाट एक किलोमिटर जति बाँसघारीमा लगेर साँझ ७ बजेसम्म कुटपिट गरेको बुवा मोहम्मद अलिम मियाँले बताए । उनले अफजलले घरमै आएर छोरालाई बोलाएर लगेको जानकारी दिए । घटनाको भिडियोमा पनि तीन जनाले कुटपिट गरेको प्रष्ट देखिन्छ । अलिमले साथी–साथीबीचमा मोबाइल हेर्ने क्रममा आइतबार साँझ भिडियो बाहिरिएपछि घटनाका बारेमा परिवारले जानकारी पाएको बताए ।
कुटपिटका क्रममा पटक–पटक किन गल्ती गरिस् भन्दै यातना दिइएको छ । पीडित किशोरसहित उनका आफन्त सोमबार जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दर्ता गराएका छन् । जिल्ला प्रहरी कार्यालयमा भेटिएका मियाँले आफूलाई बिनाकारण कुटिएको बताए ।
कुटपिट मात्रै होइन नउसादलाई ती युवाले यो कुरा कसैलाई भनेमा ज्यान मार्ने धम्की पनि दिएका थिए । पीडितका बुबा बुवा मोहम्मद अलिम मियाँले लुगा धुँदै गरेको छोरोलाई बोलाएर कुटपिट गर्नेलाई कारबाहीको माग गरेका छन् । उनले कुटपिटमा संलग्न युवाहरुले गाँजा खाएर मार्ने धम्की दिने गरेको दाबी गरे ।
दुई घण्टा कुटपिटमा परेका नउसादलाई आसपासबाट मानिसले थाहा पाएपछि अर्धचेत अवस्थामा छाडिएको थियो । ‘घरमा आउँदा छोरो अर्धचेत अवस्थामा थियो,’ उनका बुबा अलिम मियाँले भने, ‘हामीलाई न्याय चाहियो ।’ छिमेकी युवाको कुटाइको शिकार बनेका उनी अहिले न्याय मागिरहेका छन् । कुटपिट गरेको भिडियो सार्वजानिक भएपछि घटनामा संलग्नहरु फरार छन् । ‘घटनाका बारेमा कोही कसैलाई भनेमा मारिदिन्छौं भन्ने धम्की दिएका रहेछन्,’ उनले भने, ‘त्यही धम्कीपछिको डरका कारण चार दिनसम्म घटनाका बारेमा उस (छोरो) ले परिवारमा सुनाएन ।’

अपहरण शैलीमा लगेर यातना दिने र गुण्डागर्दी शैलीमा धाक धम्की दिनेलाई पक्राउ गरी कारबाही गरिने प्रहरीले जनाएको छ । पीडितको उजुरी दर्ता गर्न निर्देशन दिएको मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए ।

 

 

राजश्व छली गरेको आरो

  काठमाडाैं / राजश्व छली गरेको आरोपमा तीन व

झापामा जङ्गली च्याउ

  झापा / झापाको कमल गाउँपालिका–५ मा व

देश भरका स्वास्थ्य स

  काठमाडाैं / संविधान दिवसका अवसरमा सरकारी

आजदेखि ब्लाष्ट दैनिक

धरान / आजदेखि ब्लाष्ट टाइम्स दैनिक २५ वर्षमा प्रवेश गरे


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]om

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved